प्रेसक्लब
बर्दिया २०वैशाख । बर्दियामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ बुधबारदेखि जिल्ला प्रशासन कार्यालयमा हाजीर भएका छन् । उनलाई कार्यालयमा सलामी सहित सुरक्षाकर्मी र कर्मचारीले स्वागत गरेका छन् ।
तेह््रथुमको सिम्ले घर भई ईलाका प्रशासन कार्यालय उर्लबारी मोरंङ्गमा कार्यरत कुरुम्बांङ्गलाई गृह मन्त्रालयले कायम मुकायम प्रमुख जिल्ला अधिकारीको रुपमा बर्दिया पठाएको हो ।
बर्दियाबाट गोरखा जिल्लामा सरुवा भएका भएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई आइतवार बिदाइ गरिएको थियो ।
गृह मन्त्रालयले गत साता सह–सचिव र उप–सचिव प्रजिअ हुने ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेका थियोे ।
Comments
Post a Comment