बाँके र बर्दियालाई कति बजेट ?

पी सी एन / लुम्बिनी पत्र
बाँके,१८ जेठ ।  सरकारले आर्थिक बर्ष ०७५ /७६का संसदमा प्रस्तुत गरेको बजेटमा  लागि प्रस्तुत गरेको बजेटमा बर्दियाका लागि २अर्ब ५६करोड ७२लाख बजेट प्रस्तुत गरेको छ । 
नगरपालिका तर्फ गुलरिया नगरपालिकाका लागि ३९ करोड ७२ लाख,ठाकुरबाबाका लागि २७ करोड ८४ लाख,बाँसगढीका लागि ३३करोड ६० लाख,मधुवनका लागि २९करोड ४०लाख,राजापुरका लागि ३३करोड ७३लाख,बारबर्दियाका लागि ३६करोड १२ लाख छ छुटयाइएको छ। यस्तै बढैयाताल गाउपालिकाका लागि ३३ करोड १७ लाख र गेरुवा गाउपालिकाका लागि २३करोड १४लाख रकम छुट्याईएको छ ।  
बाँके जिल्लामा २ अर्ब ७२करोड ६४ लाख बजेट विनियोजन गरेको छ । जसमा नेपालगन्ज नगरपालिकामा ६५ करोड ४४ लाख, कोहलपुर ४० करोड ८१ लाख बजेट छुट्याएको छ । त्यस्तै खजुरा गाउँपालिकामा ३५ करोड ७२ लाख, जानकी गाउँपालिकामा २० करोड ९२ लाख, डुडुवा गाउँपालिकामा २१ करोड ५७ लाख, नरैनापुर गाउँपालिकामा २० करोड ८० लाख, राप्तीसोनारी गाउँपालिकामा ३६ करोड २ लाख बजेट विनियोजन गरेको छ ।

Comments