महिला कप फुटबलमा सुर्खेत विजेता र बर्दिया रेड उपविजेता बन्यो


पी सी एन/ लुम्बिनी पत्र
बर्दिया, १८जेठ । बर्दियाको दमौलीमा सम्पन्न महिला कप फुटबलमा सुर्खेत विजेता र बर्दिया रेड उपविजेता बनेका छन् । गुरुङ्ग ड्राइभिङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि. को ग्राउण्डमा भएको फाइनल खेलमा सुर्खेतले बर्दिया रेड लाई १–० ले हराएर विजेता बन्दै ५०हजार १ राशीको पुरस्कार मेडल हात पारेको छ ।
खेल शुरु भएको ३३ औं मिनेटमा जर्सी नम्बर १०की सम्झना शर्माको गोलबाट सुर्खेत विजेता बनेको हो ।  सुर्खेतलाई जिताउन सफल उनले ३हजार राशीको बेस्ट फडवार्ड पुरस्कार र प्रमाण पत्र पनि पाइन । खेलमा उपविजेता बनको बर्दिया रेडले ३०हजार १ राशीको पुरस्कार र प्रमाण पत्र र मेडलहरु पाएको छ । 
प्रतियोगितामा विजयी खेलाडिहरुलाई बाँसगढी नगरपालिकाका प्रमुख शालीकराम अधिकारी, गुरुङ्ग ड्राइभिङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि. दमौली र  पुर्ण गार्ड सेक्युरेटी सर्भिस प्रा.लि.का अध्यक्ष नवराज  गुरुङ्ग,जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजीत राज भण्डारीले पुरस्कार ,प्रमाण पत्र तथा मेडल बितरण गरे ।
गुरुङ्ग ड्राइभिङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि. दमौली र  पुर्ण गार्ड सेक्युरेटी सर्भिस प्रा.लि काठमाडौको निजी लगानीमा जनजागृति समाज कल्याण युवा क्लबले पहिलो पटक आयोजना गरिएको महिला कप फुटबल प्रतियोगितामा सेमी फाईनलमा पुग्ने बर्दिया नीला र दैलखलाइ १०/१० हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि  बनेकी सुर्खेतकी श्रृजना सिंहले लाई नगद रु ५हजार ,प्रमाण पत्र र मेडल प्राप्त गरिन । यस्तै बेस्ट गोलकिपर बनेकी सुर्खेतकी बिसीना बस्नेत,डिफेन्स बर्दियाकी सुष्मिता चौधरी,बेस्ट स्कोरर सुर्खेतकी आशा चौधरीले जनही रु ३÷३हजार नगर पुरस्कार ,मेडल प्राप्त गरेको जिल्ला फुटबल संघ बर्दिया अध्यक्ष अजित राज भण्डारीले बताए ।
जेठ १०गतेबाट जारि प्रतियोगितामा बर्दिया, बाँके, दाङ, दैलेख र सुर्खेत गरी पाँच जिल्लाका सात वटा टिमको सहभागीता रहेको  थियो ।
प्रतियोगितामा मुख्य रेफ्रीको भुमिका निर्वाह गर्ने पुरुषोतम श्रेष्ठ,विवेश गुरुङ्ग,गोपी भुजेललाई पनि प्रशंसित गरिएको थियो ।


Comments