प्रेसक्लब
बर्दिया २२ वैशाख । पुर्व सिचाइमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले शिक्षा,स्वास्थ्य खानेपानी, सरसफाइमा बर्दियावासीको पंहुच बढाउने विषय सदैव आफनो प्राथमिकतामा रहेको बताएका छन् ।
गुलरिया खनोपानी आयोजना गुलरिया खानेपानी तथा सरसफाई समिति बर्दियाको चौथौं वार्षिक साधारण सभा र दास्रो अधिवेशनको शनिवार जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन गर्दे प्रतिनिधि सभा सदस्य गौतमले गुलरिया लगायत बर्दिया जिल्लाभरका खानेपानी आयोजनालाई विस्तार गरि नागरिकलाई शुद्ध एंव सुरक्षित खानेपानी उपलब्ध गराउन केन्द्र,प्रदेश र स्थानीय सरकार र समुदाय मिली बिस्तृत गुरुयोजना बनाई अघि बढनु पर्ने धारणा राखे ।
शिक्षित,स्वच्छ,समृद्ध र स्वस्थ बर्दिया आफनो प्राथमिकतााको विषय रहेको बताउदै उनले सन् २०३० सम्म शुद्ध खानेपानी पुरयाउने सरकारी लक्ष्यलाई कार्यान्वयन गर्न सरोकारवाला सबैलाई जिम्मेवार बनाउन आफु लागि पर्ने बताए ।
खानेपानी सेवा र पुर्णसरसफाईको विषय अत्यन्त संवदनशील र चुनौतिपुर्ण विषय भएकाले यसलाई दिगो र प्रभावकारी बनाउन सरकार,समुदाय र उपभोक्ता सबैको चासो जरुरी रहेको उनको भनाइ छ ।
प्रदेश सभा सदस्य तिलकप्रसाद शर्मा र एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले खानेपानी तथा सरसफाईको विषय जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउन समितिलाई सहयोग गर्न आफु तैयार रहेको बताए । खानेपानी,सडक,ढल विस्तारको कार्यलाई एउटै आयोजनामा राखि काम गरेमा आयोजना दिगो र प्रभावकारी हुने उनको धारणा छ ।
गुलरिया नगरपाकिाका प्रमुख मुक्तिनाथ यादवले केन्द्र तथा प्रदेश सरकार,संघसंस्था र दातृनिकायसंगको सहकार्यमा ५बर्षेभित्र आफनो कार्यकालभित्र नगरका सबै वडामा खानेपानी धारा मार्फत शुद्ध पानी उपलब्ध गराउने गरि गुरुयोजना बनाउन आफु लागि परेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीपकुमारले ओभरहेड टंकी मार्फत हालसम्म जिल्लाका ३० प्रतिशत घरधुरीलाई सुरक्षित खानेपानीमा पंहुच पुरयाएको जानकारी दिदै समुदायमा सुरक्षित पानी पिउनु पर्छ भन्ने चेतना अभावका कारण अझै पनि असुरक्षित पानीकै प्रयोग भएकाले संघ संस्था,स्थानीय निकायले शुद्ध पानीको महत्व बारे सचेतना फैलाउनु पर्ने बताए।
गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कोषराज निरौलाले क्लोरिन डोज मिसाउने प्रविधि जडान गरिएको,पानी निर्मलीकरण हुने प्रबन्ध मिलाईएको र समयसमयमा पानीको गुणस्तर परीक्षण गरिने गुलरिया खानेपानी आयोजनाबाट बितरण भएको पानी स्वास्थ्य अनुकुल र शुद्ध भएकाले थिग्रयाई या सामान्य फिल्टर प्रयोग गरि पिउन सकिने बताए ।
अध्यक्ष निरौलाले गुलरिया नगरपालिका वडा नं ४,५,६,७ र ८मा बसोबास गर्ने १हजार २सय २५ घरधुरीमा २२५ घनमीटर क्षमताको टंकीबाट बिहान र बेलुका गुलरिया क्षेत्रका शुद्ध खानेपानी बितरण गर्दे आईरहेको भएपनि दैनिक ७ लाख ५०लिटर पानी खपत हुने गुलरियामा पानी अपुग हुनेभएपछि सह लगानीमा गुलरिया ६ मा जग्गा खरिद गरि थप ओभर हेड टंकी निर्माण गर्न लागिएको जानकारी दिए ।
साधारण सभाले अध्यक्ष कोषराज निरौलाले प्रस्तुत गरको वार्षिक प्रतिवेदन, सचिव इन्दिरा सुबेदीले प्रस्तु गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर बानियाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको छ ।
Comments
Post a Comment