पी सी एन
बर्दिया २६ वैशाख । आफु मेहनती भएमा सघं संस्थाको सानो आर्थिक तथा प्राविधिक सहयोगमा लगानीबाट शुरु गरेको व्यवसायबाट पनि महिलाहरुले धेरै आम्दानी गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेकी छिन बर्दियाको गलुरिया नगरपालिका वडा नं ५ की ३३ बर्षीया सुल्फी थारुले ।
बर्षेनी बबई नदीको बाढीबाट पीडित हुदै आएको बालापुरगांउकी उनलाई कारितास नेपालको नेपाल बाढि बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ कार्यक्रमले माघ महिनामा प्राविधिक तालिम दिनुका साथै केही सामाग्रीहरु पनि निःशुल्क प्रदान गरेको थियो ।
मलाई कारितास नेपालले तालिम पनि दियो,लौका करेला बोडी भिण्डी काक्रा लगायतको तरकारीको बीउ, विषादीरहितऔषधी ,स्प्रेयर तथा टंकी ,हजारी र मलखाद दियो मैले मेहनत गरेर तरकारी उब्जाए । माघमा तालिम लिएपछि तरकारी खेती शुरु गरेर उत्पादन पहिलो महिना वैशाखमा ५०हजार भन्दा बढिको तरकारी बेचि पनि सके ः उनले भनिन, एक बर्षमा अझै ४ लाख जतिको तरकारी बेच्ने लक्ष्य राखेकी छु ।
बाढी लाग्ने १०कठा जमिनमा उत्पादन हुने धानले १२जनाको परिवार धान्न मुस्किल पर्ने उनी तरकारी खेतीबाट आम्दानी बढेपछि दंग छिन । अहिले उनको छोरीछोरीको औषधी उपचार र शिक्षादीक्षमा पनि निकै सजिलो पुगेको सुल्फीको भनाई छ ।
कारितास नेपालका सामाजिक परिचालनक ज्ञानबहादुर चौधरीका अनुसार माघमा तालिम लिएकी सुल्फीले उत्पादन शुरु भएको एक महिनामा ५क्वीन्टल जति लौका ,२क्वीन्टल करेला, ३क्वीन्टल जति काक्रा बेचिसकेकी छिन् ।
गुलरिया बजारको मंगलवार र शनिवारको प्रत्येक हाट बजारमा तथा तरकारी बेच्न पुग्ने गरेकी उनलाई उनका श्रीमान र ससुराले खेतबारीको काममा सहयोग गर्ने गरका छन् ।
कारितास नेपाल गुलरियाका प्रमुख खम्बसिंह बस्नेत भन्छन् ः तरकारी खेती शुरुवात गरेर राम्रो आम्दानी गर्न सफल सुल्फी प्रौढशिक्षा मात्र पढेर पनि आफनो व्यापार व्यवसायको राम्रो हिसाब किताब तथा रेकर्ड राम्रोसंग राख्न सकिने अरुका निम्ती गतिलो उदाहरण बनेकी छिन् । डिप बोर्डिंंग,सरकारी गैर सरकारी संस्थाबाट नियमित तालिम तथा प्राविधिक सल्लाह दिएमा उनले अझ बढि गरेर देखाउन सक्ने देखिन्छ ।
बबई नदीमा बर्षेनी आउने बाढीका कारण क्षति ब्योहोर्दै आएका उनीजस्तै गुलरिया र बार बर्दियाका ४८ जना गरिब तथा विपन्न किसानहरुको जीवीकोपार्जन र आयआर्जनमा सुधार गर्न कारितास नेपालले तरकारी खेती सम्बन्धि तालिम दिएर र खेतीको लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहयोग गरेपछि अहिले त्यस क्षेत्रका किसानहरुको राम्रो आम्दानी हुन थालेको आफुले पाएकोगुलरिया नगरपालिाकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउछन् ।
बाढीका कारण धानबालीमा नोक्सानी ब्योहोर्दै आएका सुल्फी जस्ता आम किसानहरुको आयस्तर सुधार गर्न कारितास नेपालको बाढि बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ कार्यक्रम निकै सहयोगी बनेको छ ।
Comments
Post a Comment