पी सी एन /लुम्बिनी पत्र
बर्दिया १७ जेठ । मदिराजन्य पर्दाथले मानव स्वास्थ्य र समाजमा निकै नकारात्मक प्रभाव पारेको भन्दै त्यस्ता पदार्थ नियन्त्रणका गुलरिया नगरपालिकाले विशेष अभियान चाल्ने भएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल बर्दियाको सहकार्यमा नगरपालिकाले विश्व धुम्रपान दिवसको अवसरमा विहीबार गुलरियामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा उपप्रमुख गिरीले सुर्ती तथा मदिरा नियन्त्रण गर्न सबैको साथ र सर्मथन लिएर विशेष अभियान चलाइने स्पष्ट पारिन ।
मदिराले ब्यक्ति तथा समाजलाई ठुलो असर पुरायाईरहेकोले यसको नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न जनप्रतिनिधि,कर्मचारी,सरकारी अधिकारीहरु,मिडियाकर्मी तथा प्रबुद्ध वर्गले सबैले विशेष चासो दिनुपर्ने उनको भनाई छ ।
अन्तरकृया कार्यक्रममा धुम्रपान नियन्त्रणमा सरकारले गरेका प्रयास र धुम्रपानका असर बारे कार्यपत्र प्रस्तुत गर्दे गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमख सुनिल पाण्डेले सुर्तीजन्य पर्दाथको सेवनले मुटु ,कलेजो आदिमा क्यान्सर हुनुका साथै अन्य शारिरिक जटिलताहरु आउने भएकाले त्यस्ता सुर्तीजन्य पर्दाथको सेवन नगर्न सबैमा आग्रह गर्दैसुर्तीजन्य पदार्थको नियन्त्रणको लागि शाखाले चेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको बताए । प्रमुख पाण्डेका अनुसार नेपालमा वितमा पुरुष दुबैले बराबरी रुपमा सुर्तीजन्य पदर्था सेवन गर्दे आएको हाल आएर सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाको संख्या घटेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल बर्दियाका संयोजक विष्णुप्रसाद तिमल्सिनाले सुर्तीजन्य पर्दाथमा रकम खर्च नगरेमा स्वास्थ्यपचार खर्च पनि कम हने बताउदै उनले प्रहरी प्रशासनले २२ बुदे कार्ययोजना लागु गरे यता बर्दियामा सार्वजनिक स्थानमा ध्रुमपान गर्नेहरुको संख्यामा कमि आएको प्रष्टयाए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्य,सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीश जोशी, जिल्ला स्वास्थ्य कार्यालयका गोपाल गौतम , वडा नं १का ४का वडा अध्यक्ष प्रताप गौतम, २का वडा अध्यक्ष टंक अधिकारी,४का वडा अध्यक्ष रामबहादुर रावल ,९का वडा अध्यक्ष हरि पासी, कंग्रेस नेता विश्वनाथ यादव , होटल अर्गनाईजेसनका जिल्ला अध्यक्ष तुलसीप्रसाद तिमल्सिना,ओरेक नेपालकी सपना शर्मा ,प्रेस क्लब अध्यक्ष यम घिमिरे,वडा नं ६का वडा सचिव कपिल अधिकारी,वडा नं ४का वडा अध्यक्ष घनश्याम अधिकारी लगायतले आफनो धारणा राखे ।
प्रत्येक बर्ष मे ३१दिन संसारभर मनाईने विश्व धुम्रपानरिहत दिवस यस बर्ष सुर्तीजन्य पर्दाथ प्रयोगले मुटुलाइ क्षति पुरयाउदछ ,स्वास्थ्य रोजौ सुर्तीजन्य पर्दाथ होइन भन्ने मुल नाराका साथ बिहीबार बुटवल,गुलरिया ,नेपालगञ्ज लगायत नेपालभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ । संसारभर हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनकै कारणले हुनेगर्दछ । यस्तै क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याङ्कगत पूर्वानुमान छ । युद्ध, हिंसा, अपराध, आत्महत्या, दूर्घटना आदिजस्ता थुप्रै मृत्यूका कारणलाई लगभग दोब्बर पार्दा पनि धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन सक्दैन ।नेपालमा बर्षेनी १५हजार जतिको मृत्यु धुम्रपानको कारणले हुने गर्दछ ।
Comments
Post a Comment