शिक्षा बिभागका उपनिर्देशक एंव बर्दियाका पुर्व जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल थुनामुक्त शिक्षामा सुशासनको प्रत्याभुती दिन सधै प्रतिबद्ध रहने नेपालको भनाइ


पी सी एन / लुम्बिनी पत्र
काठमाडौं, असार १३ । गुणस्तरीय शिक्षा, सुशासन,पारदर्शीताका अभियन्ता बर्दियाका पुर्व  जिल्ला शिक्षा अधिकारी हाल ज्ञानमणि नेपालले बर्दिया जिल्ला अदालतबाट सफाइ पाएका छन् । 
जर्बजस्ती करणी उद्योग मुददामा बर्दिया कारागारमा थुनामा उनलाई अदालतको फैसला आए लगायत श्रेस्तेदारले गुलरिया कारागार कार्यालयलाइ मुद्दा नभए नेपाललाई थुनाबाट  छाडिदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।  अदालतको थुनाबाट छाडिदिने पत्र अनुसार मंगलबार नै उनी कारागारबाट मुक्त भएका छन् । अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ ।  
रिहा भएलगतै उनले आफूमाथि भएको ठूलै षडयन्त्र उपर आफूले न्याय पाएको बताउदै नेपालले शैक्षिक सुधारतर्फ आफूले गरेका रचनात्मक कार्यलाई निरन्तता दिने बताए । शिक्षामा सुशासनको प्रत्याभुती दिइ सबैको पहुचमा विद्यालय शिक्षाको सुनिश्चितता गर्न सदा प्रतिबद्ध रहने उनको भनाइ छ ।
बर्दिया जिल्ला प्रशासन कार्यालय बर्दिया अन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका तत्कालिन प्रमुख नेपाललाई यौन दुव्र्यवहारको आरोप लगाई फसाउन खोजिएको थियो । 
जिल्ला शिक्षा कार्यालयको प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्दै आएकी आफना फुपुकँहा आएकी बालिकालाई प्रयोग गरेर केही कर्मचारी, शिक्षक नेतृत्व लगायतहरुले राजनैतिक आडमा नेपाललाई फसाउन खोजको थिए । 
बालबालिका गालीगलौच तथा दुव्र्यवहार नगरी स्नेहका साथ बालमैत्री सिकाइ पद्धतिबाट पढाउने कुरामा जोड दिदै आएका नेपालको चरित्रमाथि दाग लगाउन खोजिएको थियो । नेपाललाई राजनैतिक पुर्वाग्रह राखि फसाउने नियतका साथ अत्याधिक दवाबमा जिल्ला प्रहरी कार्यालयमा उनी विरुद्ध जाहेरी दिइएको थियो ।
बालिका बलात्कारको प्रयास गरेको भनि झुठो आरोपमा पक्राउ परि पुर्पक्षका लागि जिल्ला कारागारमा करिब ३ महिना जेल परेका परेका जिल्ला शिक्षा अधिकारी नेपाल निर्दोष सावित भइ जिल्ला अदालतको निर्णयले रिहा भएको समाचारले आमबुद्धीजीवी, शिक्षक,प्राध्यापक,शिक्षासेवीहरुले खुशी प्रकट गर्दै न्यायलय सत्यको पक्षमा शिक्षक नेताहरुले प्रतिकृया दिएका छन् । नेपाल विरुद्ध गत वैशाखमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता थियो । बर्दियाबाट सरुवा भए लगतै नेपाल हाल शिक्षा बिभागको उपनिर्देशकमा कार्यरत छन् ।

Comments