लुम्बिनी पत्र /पी सी एन
काठमाडौ, २ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संघको छैठौं महाधिवेशनले नविनकुमार गुरुङ्गको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट पश्चिम क्षेत्रमा राम्रो पकड जमाएका पुर्व विद्यार्थी नेता हेमदत्त देवकोटा महासचिवमा निर्वाचित बनेका छन् । उनी बबइ बहुमुखी क्याम्पस महेन्द्र बहमुखी क्याम्पस र बर्दिया जिल्ला कार्यसमितिमा ने. वि. संघको बिभिन्न पदमा बसि कार्य गरि बिद्यार्थीमाझ निकै लोकप्रिय पनि थिए। उनको विजयको खबर बर्दिया र बांकेका युवा विद्यार्थी र कंग्रेस कार्यकर्ताहरुलाइ निकै उत्साह थपेको छ ।
अधिवेशनले छवीलाल दवाडीलाई बरिष्ठ उपाध्यक्षमा,हुमबहादुर महत्रालाइ करार उपाध्यक्षमा,पशुपती बतासलाई महिला उपाध्यक्षमा ,भरत ढकाल, ध्रुब राजन्यौपाने,अर्जुन काफ्लेलाइ खुल्ला उपाध्यक्षमा, जेन्दीबादे श्रेष्ठलाइ उपमहासचिवमा र बन्दिता राजभण्डारीलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
केन्द्रिय सदस्य खुल्ला तर्फ घनश्यामपौडेल,कमल प्रसाद पाण्डे , राजु नडौलिया ,डा. नन्दलाल खत्री,गोविन्दबहादुर पुन,राजेन्द्र अर्याल,माधव प्रसाद काफ्ले निर्वाचित भएका छन् ।
महिला केन्द्रिय सदस्यमा पिङ्गला पाण्डे, आदिवासी जनजाती केन्द्रिय सदस्यमा कृष्णबहादुर श्रेष्ठ मधेशी केन्द्रिय सदस्यमा श्रवणकुमार गामी, करार केन्द्रिय सदस्यमा चतुर्भुज शाही,दलित केन्द्रिय सदस्यमा सोमल परियार,दुर्गम केन्द्रिय सदस्यमा तिर्थराज आचार्य,श्रेणीविहिन केन्द्रिय सदस्य भुपबहादुर वली निर्वाचित भएका छन् ।
अधिवेशनले प्रदेश नं. १ को संयोजकमा तेज कुमार पुलामी, प्रदेश २ संयोजकमा सुर्यदेव यादव, प्रदेश ३ संयोजमा इन्द्र कान्त रेग्मी, प्रदेश ४ संयोजकमा दिपेन्द्र ढकाल, प्रदेश ५ संयोजकमा कृष्ण प्रसाद घिमिरे, प्रदेश ६ संयोजकमा हिरा बहादुर शाही, प्रदेश ७ का संयोजमा चन्द्र बहादुर धानुकलाई निर्वाचित गरेको छ ।
सीपयुक्त समाज निर्माण आजको आवश्यकता,सुरक्षित र मर्या्दित रोजगारीका लागि प्राविधिक शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ संघका निवर्तमान अध्यक्ष देवदत्त बडुको अध्यक्षतामा सम्पन्न सो महाधिवेशन नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा ,केन्द्रिय सदस्य गुरुराज घिमिरे समेतको उपस्थित थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कंग्रेस नेताहरुले समग्र आर्थिक तथा सामाजिक विकासका लागि प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेलेको बताए । परिषद्ले आफ्ना कार्यक्रमहरु सवै क्षेत्र, बर्ग, लिङ्गको पहुँच अनुकुल बनाउन आफना नीति तथा कार्यक्रमहरुमा ब्यापक सुधार ल्याउनु पर्ने सोको लागि व्यवस्थापनलाई घच्घच्याउने कार्यमा कर्मचारी संघ खरो रुपमा उत्रिनुपर्ने उनीहरुको भनाइ छ।
Comments
Post a Comment