लुम्बिनी पत्र
खजुरा, असार ३ । बाँके जिल्लामा राम्रो पहिचान जमाएको खजुरा गाउँपालिका कार्यालयले असार १० गते तेस्रो गाउसभामा आर्थिक बर्ष २०७५÷७६का लागि आफनो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
कार्यालयको तर्फबाट गाउपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक बर्ष २०७५ ७६का लगि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सुचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए ।
कृषि ,पर्यटन,उद्योग,भौतिक पुर्वाधारको विकास तथा विस्तार गरि खजुरालाई समृद्ध बनाउने लक्ष्यका लिएको कार्यालयले यसबर्षपनि सोही एजेण्डालाई निरन्तरण दिदै नीति तथा कार्यक्रम जनप्रतिनिधि र कर्मचारीहरु लागि परेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।
कृषि,पर्यटन,सडक लगायतका भौतिक पुर्वाधार, गुणस्तरीय शिक्षा,स्वास्थ्य सेवाको विकास तथा विस्तार र सुचना ,सञ्चार तथा प्रविधिलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम ल्याउन लागिएको श्रेष्ठको भनाई छ ।
आर्थिक बर्ष २०७५÷७६को नीति तथा कार्यक्रममा गाउगाउमा छलफ चलाई एकीकति सम्पति कर लागु गर्ने,खजुरा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाकोअस्पतालमा परिणत गर्ने ,स्वास्थ्य चौकी नभएका ४र ६ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने, विद्यालयहरुलाई मर्जगरि गुणस्तरीय शिक्षा प्रदान लगायतका कार्यक्रमहरु रहेको स्रोतले बतायो ।
असार १० गतेको तेस्रो गाउसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा ब्यापक छलफल गरि नीति तथा कार्यक्रम पारित गरि सो लगतै बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
कार्यालयका अनुसार नीति तथा कार्यक्रमका आधारमा गाउपालिका उपाध्यक्ष एकमाया विश्वकर्माले आगामी आर्थिक ष्र्वा २०७५÷७६का लागि बजेट प्रस्तुत गर्नुहुने छ ।
गत बर्ष खजुरा गाउपालिकाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार कार्यालयले बैङ्क मार्फत सामाजिक भतmा दिने व्यवस्था मिलाएको,गाउपालिकामा सुशासन जवाफदेहिता उतरादायी शासन प्रणालीको विकास गरिएको र आमजनतालाई छिटोछरितो र सहज रुपमा सेवा उपलब्ध गराईएको अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । गतवर्षको नीति तथा कार्यक्रम अनुसार अनलाइन लेखा प्रणाली र कार्यालयमा सिसी क्यामराको व्यवस्था गरि गाउपालिका कार्यालयलाई सुचना एंव प्रविधिमैत्री बनाइएको सुचना अधिकारी पौडेलको दावि छ ।
गतबर्षको नीति तथा कार्यक्रम अनुसार नै खजुरा गाउपालिकाले सडक कालोपत्रे,माटो पटान, ग्राभलिंग लगायतका भौतिक पुर्वाधार निर्माण वडा नं १को रिमझिम चोकर र वडा नं२मा १४वटा सोलार बती,गाउपालिकामा रहेका १४ विद्यालयमा बिधुतीय माध्यमबाट पढाइ गर्न आइसिटी जडान,वडा नं १को राधापुरमा सिचाइको व्यवस्थाका लागि ५०प्रतिशत अनुदानमा लागि बोरिंग र मोटर बितरण लगायतको कार्य गरेको खजुरा गाउपालिका कार्यालयले जनाएको छ ।
Comments
Post a Comment