Skip to main content
नेपालगञ्ज क्षेत्रमा शनिवारबाट बिद्युत आपुर्ति नियमित भयो
लुम्बिनी पत्र /पी सी एन
नेपालगञ्ज, २१ जेठ । नेपालगञ्ज क्षेत्रमा शनिवारबाट बिद्युत आपुर्ति नियमित भएको छ । नेपालगंज वितरण केन्द्रका प्रमुख राम दुलार यादव सहितको प्राविधकहरुले हावाहुरीले बिग्रीएका पोल र तार मर्मत गरि बिद्युत आपुर्ति निमित बनाएका हुन । बितरण केन्द्र प्रमुख यादवका अनुसार लोडै नपुगेर नेपालगञ्ज क्षेत्रमा लोडसेडिङ्ग भएको छैन । दैवीय ,प्राकृतिक र प्राविधिक कारण बाहेक अन्य अवस्थामा विद्युत सेवा नियमीत हुने प्राधिकरण कर्मचारीको भनाइ छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा लोडसेडिङ्गले उद्योग,कार्यालय र ब्यक्तिगत कामकाज प्रभावित भइरहेको बेला बितरण केन्द्र प्रमुख यादवले हावाहुरी जस्ता प्राकृतिक कारण, सडकनिर्माण लगायतका मानवीय कारण गर्दा केही समय लोडसेडिङ्ग भए पनि अब भने नियमीत बिद्युत आपुर्तिको व्यवस्था मिलाएको प्रष्टाए । प्रेसक्लबसंगको साक्षात्कारमा बितरण केन्द्र प्रमुख यादवले लोड नपुगेर लोडसेडिङ्ग गर्नु नपरेको बताउदै हावाहुरी लगायतका कारण बिद्युत प्रसारणमा टेक्निलक प्रोबलम आएको प्रष्टाए । नेपालगंजको चारवाहनी बितरण केन्द्र अन्र्तगत हाल ५५हजार ग्राहकले २०देखि २५ एमभीए बिद्युतलोड प्रयोग गर्दे आएको प्रष्ट पार्दे उनले हावाहुरी, प्राविधिक समस्या, सडकको काम हुदा टान्सफरमरको लाईन काटिएको भएपनि लोडै नपुगेर भने लोडसेडिङ्ग लोडसेडिंग गर्नु पर्ने अवस्था नरहेको जिकीर गरे । नेपालगंज क्षेत्रका प्रतिष्ठित व्यवसायीका स्थानीय व्यवसायी आदेश आग्रवाल, युवा राजनितीककर्मी रतन शाही, डिल्ली बराल, रेडियो मर्निङस्टार ९० मेगाहर्ज नेपालगंजका प्रमुख डक्ट प्रसाद धिताल,पत्रकार गजेन्द्र गुरुङ, कृष्ण वली लगायतसंगको भेटमा बितरण केन्द्र प्रमुख यादवले हावाहुरीका कारण बिधुत पोल तथा तारमा क्षति पुगेका कारण समस्या आउदा बिद्युत आपुर्तिमा समस्या पुगेको बताएका थिए ।प्राधिकारणले नेपालगञ्ज लगायतका औधौगिक नगरहरुलाई लोडसेडिङ्ग मुक्त राखेको प्रष्ट पार्दै बितरण केन्द्र प्रमुख यादवले नेपालगञ्ज क्षेत्रमा बिद्युत आपुर्तिको व्यवस्था नेपालगंजलाई आफुले लोडसेडिङ्ग मुक्त गरेको बताए।
Comments
Post a Comment