Skip to main content
ओरेक नेपालले बर्दियामा ६ महिनामा १७६ वटा घटनामा मनोविमर्श तथा सहयोग प्रदान गर्यो
लुम्बिनी पत्र / पी सी एनगुलरिया, असार ११ । प्लान नेपालको साझेदारीमा बर्दियामा डेढ बर्षदेखि लैंगिक हिंसा न्युनीकरणका लागि नागरिक समुदायको सबलीकरण तथा बालिका पैरवी सञ्जाल परियोजना सञ्चालन गरिरहेको संस्था ओरेक नेपालले ६ महिनामा १७६ वटा घटनामा मनोविमर्श तथा सहयोग प्रदान गरेको छ ।सोमवार गुलरियास्थित हुलाक चोकमा रहेको ओरेक नेपालको कार्यालयमा सञ्चारकर्मीहरुसंगको समन्वय बैठकमा जिल्ला परियोजना संयोजक सर्मिला न्यौपानेले सन् २०१८को जनवरीदेखि जुनसम्म जम्मा १७६ वटा घटनामा आफनो कार्यालयले मनोविर्मश तथा सहयोग गरेको बताइन । ओरेकलले यस अवधिमा कुटपीट ,घरनिकाला,बेवास्ता,गाली गलौज लगायतका घरेलु हिसाका १११ घटनाका पीडितहरुलाई पुर्नस्थापना गराई ८५जनालाई व्यवसायिक तालिम दिइ व्यवसाय समेत शुरु गराएको परियोजना संयोजक न्यौपानेको भनाइ छ। ओरेक नेपालले जबरजस्तीकरणी सम्बन्धि ७ वटा घटनामा पीडितलाई न्याय दिलाउन काम गरिरहेको छ । जबरजस्तीकरणी सम्बन्धि घटना मध्ये १४बर्ष मुनिका बालिका ३जना , ५बर्ष मुनिको १जना र २जना ७५बर्षका महिला १जना छन् । यस्तै यौन दुव्र्यवहारका ११, वैदेशिक रोजागारीमा बेचबिखन परेका २,वैवाहिक बलत्कारका ५, बालविवाह सम्बन्धि ३६, सामाजिक सञ्जाल मार्फत भएका हिंसा सम्बन्धि २वटा , अवैध गर्भधारण सम्बन्धि २ वटा घटनामा ओरकले मनोविमर्श तथा सहयोग प्रदान गरेको छ । ६महिनामा यति घटना आउनुले बर्दिया जिल्लामा महिला तथा बालबालिकामाथि अनेकथरिले हिंसा हुने गरेको प्रष्ट देखिएकोले लैगिंक हिंसा न्युनीकरण गर्न सरकारी,गैर सरकारी निकाय र मिडियिा सबै एकजूट भई लाग्नु पर्ने र त्यसको लागि ओरेक नेपालले आवश्यक समन्वय गर्न तैयार रहेको बताए । प्लानको साझेदारीमा जिल्लाका आठै स्थानीय तहमा ओरेक नेपालले लैगिक हिंसा नियन्त्रणमा काम गर्दा लैगिक हिंसाका घटना बढेकोमा चिन्ता गर्दे उनले कतिपय विद्यालयका शिक्षकहरुमा स्कले बालबिालिकामाथि शिक्षकहरुबाट नै योन दुव्र्यवहार हने गरेको सन्दर्भमा बालबालिकाहरुले आफुलाइ गुनासो गरेको उनको भनाइ छ ।सञ्चारकर्मीहरुसंगको बैठकमा जिल्ला संयोजक न्यौपानेले आगमाी दिनमा मिडियासंग समन्वय गरि अझ प्रभावकारी रुपले काम गर्ने बताइन । मिडियासंग समन्वय गरि अबका दिनमा मिडियाकर्मीसंग बसेर काम गर्ने उनको भनाइ छ।बैठकमा आफनाो धारणा राख्दै ओरेक नेपाल काउन्सलर जानुका भट्टराईले राजनैतिक सवाल झै सामाजिक सवाललाई पनि स्थानीय मिडियालाइ प्राथमिकता दिनुपर्ने बताइन ।महिला मानव अधिकार रक्षक सञ्जालकी सदस्य बिष्णु नेपाली, माइती नेपालकी गायत्री नेपाल , महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कौशिला सिंहले हाल महिलाहरुमा चेतना बढेकाले हिंसा बिरुद्ध उजुरी दिने परिपाटीको विकास हुनु सकारात्मक कुरा भएको बताउदै चुरा लगाउने ठाउँ, टेर्लस र कस्मेटिक पसलहरुमा महिलाहरुलाई दुव्र्यवहार हुने गरेको तर्फ सबैको चासो हुनुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताल ,प्रेस क्लब अएंव लुम्बिनी पत्र अध्यक्ष यम घिमिरे, कान्तिपुर उपसम्पादक कमल पन्थी,नागरिक दैनिकका निर्मल घिमिरे लगायतका सञ्चारकर्मीहरुले महिला हिंसा र मानव बेचबिखन नियन्त्रण अभियानमा आफुहरुले पनि सक्दो सहयोग पुरयाइ रहेको प्रष्ट पार्दै जरुरत परेमा पीडितहरुको केस दर्ता गर्ने कुरा,रेस्कयु गर्ने कुरा समेतमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए । मिडियामा महिला मिडियाकर्मीको अभाव भएका कारण महिलाहरुको समस्याका बारेमा रिर्पोटिंगका सवालहरुमा केही कठिनाइ भएको उनीहरुको भनाई छ ।
Comments
Post a Comment