सहि सल्लाह दिने नवनियुक्त कानुनी सल्लाहकार कर्णको भनाई



लुम्बिनी पत्र /पी सी एन
गुलरिया, २१जेठ । गुलरिया नगरपालिकाका नवनियुक्त कानुनी सल्लाहकार संजीवकुमार कर्णले नेपालको संविधान २०७२ ले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकालाई न्यायीक अधिकार पनि दिएकाले सो अधिकारको सही प्रयोग गर्न गराउन आफुले कानुन बमोजिम उपयुक्त एंव सही सल्लाह सुझाव दिने बताएका छन्। 
कानुनी सल्लाहकार नियुक्त भएपछि पी सी एन र लुम्बिनी पत्रको कुराकानीमा कानुनी सल्लाहकार कर्णले स्थानीय विकास निर्माण तथा न्यायका लागि नगरपालिकाले निर्माण गर्ने ऐन,नियम,कार्यविधीमा आफुले सही ,उपयुक्त,जनमैत्री ,लोकतान्त्रिक सुझाव दिने प्रष्टाए ।
वर्तमान संविधानले स्थानीय न्यायिक समितीलाई धेरै मुद्दा हेर्ने अधिकार दिएकाले केही मुद्दामा निर्णय र केही मुद्दामा मेलमिलाप गर्न गराउन कानुन बमोजिमको सुझाव दिने उनको भनाई छ । 
कानुनमा स्नातक गरेका नेपाल वार एशोसियसन बर्दियाका पुर्व अध्यक्ष समेत रहेका अधिवक्ता गत साता गुलरिया नगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त भएका थिए । 
१८ बर्षदेखि कानुन व्यवसाय गर्दे  आएका कर्णको फैजदारी कानुनमा विशेष दख्खल रहेको छ ।


Comments