पी सी एन् /लुम्बिनी पत्र
बढैयाताल, असार १२। दलहन बालीको क्षेत्र विस्तार विकासका लागि उपयुक्त ताराताल र माछा तथा आलुको पकेट क्षेत्र विस्तारका लागि उपयुक्त मानिएको स्थानका कृषहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परयोजनाका बारेमा अभिुमखीकरण गराईएको छ ।
जिल्ला कृषि विकास कार्यालयले सोमवार र मंगलबार तारातालका ३० र बढैयाताल ३० गरि ६०जना किसान,कृषकअगुवा तथा जनप्रतिनिधिहरुलाई कार्यक्रम बारे अभिमुखीकरण गराएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य उदेश्यय तथा अनुदान प्रकृयाका बारेमा वरिष्ठ कृिष विकास अधिकृत परशुराम रावत र प्राविधिक सहायक कमल तामांगले उनीहरुलाई अभिमुखिकरण गराएका हुन ।
कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत रावतले बर्दिया लगायत नेपालको ७७वटै जिल्लाको समृद्धिको आधार कृषि रहेको र नेपाल नेपालीको दिर्घकालीन समृद्धिका लागि कृषि बाहेक अरु कुनै बिकल्प नरहेकोले स्थानीय,प्रदेश र राष्टिय सरकारले कृििष क्षेत्रको विकास र विस्तारका लागि पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने बताए।
उनले बर्दियामा धान,माछा,आलु ,केरा,दलहन बालीको प्रचुर संभावना रहेकोले ती बालीहरुको पकेट क्षेत्र विकास , ब्लक क्षेत्र विकास गर्दै सो बालीहरुको जोन सुपरजोनको अवधारणाले कार्यक्रमहरु अगाडि बढाउनुपर्ने आवश्कता रहेको बताए।
जनप्रतिनिधिहरुले भौतिक पुर्वाधारमा मात्र नभई कृषि तथा पशुजन्य उद्योगको विकास तथा विस्तारमा सहयोग पुग्ने गरि बजेट नीति तथा कार्यक्रम बनाउदा बर्दियाका किसानहरुले छिट्टै समृद्धि हासिल गर्नुका साथै जिल्ला कृषि तथा पशुपालनको क्षेत्रमा जिल्ला नै आत्मनिर्भर हुने वरिष्ठ कृषि विकास अधिकृत रावतको भनाइ छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्नेका सोचका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु भएको हो । समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य रहेको छ ।
बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको व्यापार घाटाले कृषिमा आश्रित नेपालको सम्रग अर्थतन्त्र नै धरासायी बन्दै गईरहेको , देशको युवा शक्तिको बढ्दै गएको विदेश पलायनले श्रम शक्तिको अभाव र खेतीयोग्य कृषि भूमि बाँझो रहने क्रम बढिरहेको , कृषि विकास मन्त्रालयका प्रतिवद्धताहरु २०७२ मा कृषिको आधुनिकिकरण र व्यवसायिकरणका लागि विशिष्टिकृत कृषि उत्पादन क्षेत्रहरुको विकास गरिने उल्लेख भएको सरोकारवालाहरु संगको समन्वय फितलो रहेको, कृषिको व्यवसायिकरण मार्फत औद्योगिकिकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र बालीहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रमहरु सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको सन्दर्भमा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ल्याएको हो ।
तारातालमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी मधुवन नगरपालिकाकी उपप्रमुख शुवरानी थारु र बढैयातालको मैनापोखरमा आयोजित कार्यक्रमकी प्रमुख अथिति बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतमले कृषि क्षेत्रको विकास र विस्तारमको लागि किसानको चाहना बमोजिम बढिभन्दा बढि किसानहरुलाई अनुदानमा मल,बीउ,विषादी,कृषियन्त्र तथा उपकरण बितरण गर्ने कार्यक्रम अघि सारेको जानकारी दिए।
छुट्टाछुट्टै दुइ स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा मधुवन गाउपालिका कृषि शाखा प्रमुख खिमबहादुर भाट, बढैयाताल गाउपालिका कृषि शाखाका प्रमुख दुर्गादतm बसौला,मधुवन नगरस्तरीय कृषक समन्वय समितिका अध्यक्ष कमानसिंह वली,बढैयाताल गाउपालिका स्तरीय कृषक समन्वय समितिका अध्यक्ष निर्मला आचार्य,प्रेस क्लब एंव लुम्बिनी पत्रका अध्यक्ष यम घिमिरे, मुधवन वडा २का वडा अध्यक्ष पहारी चौधरी, ४का वडा अध्यक्ष बिन्तीराम थारु,बढैयाताल गाउपालिका वडा नं ७ का वडा अध्यक्ष इन्द्रप्रसाद लुइटेल,महिला वडा सदस्य पार्वती काफ्ले लगायतले कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आफुहरु हातेमालो गर्न तैयार रहेको बताए ।
Comments
Post a Comment