Skip to main content
निजी वन प्रर्वद्धनमा जिल्ला वनले सकारात्मक र महत्वपुर्ण भुमिका खेलेको सरोकारवालाको भनाइ
पी सी एन /लुम्बिनी पत्र
गुलरिया, असार १०। वन तथा वातावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रको सहयोग,पारिवारिक निजी वन संघ नेपालको संयोजन र रिर्सोस एण्ड रिसर्च सर्भिस सेण्टर काठमाडौको व्यवस्थापनमा तराई भूपरिधी क्षेत्रमा निजी वन प्रर्वद्धन अध्ययन कार्यक्रम अन्र्तगत आइतवार बर्दियाको गुलरियामा एकदिने निजी वन विकास सरोकारवाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्दे टिम लिडर तथा वन विज्ञ विजयराज पौडयालले तराई भूपरिधी कार्यक्रम संचालनमा रहेका बर्दिया लगायत तराईका १३ जिल्लामा जिल्ला पाश्र्वचित्र र रोडम्याप तैयार गरि सन् २०२५ सम्म निजी वन विकास तर्फ गर्नुपर्ने कार्यहरु एकीन गरि कार्बन उत्सर्जन घटाउने परियोजनाको दस्तावेज तैयारी गरिसकेको र सोही दस्तावेज कार्यान्वर्यन गर्ने क्रममा अध्ययनको लागि गोष्ठी आयोजना गरिएको बताए।
उनले निजी वनको सवालमा केलाई प्राथमिकता दिने र निजी वन प्रर्वद्धन कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष फाईदा अभिबृद्धि गर्न रेड कार्यान्वयन केन्द्रको अध्ययनबाट प्राप्त नतीजाले सहयोग पुरयाउने विश्वास ब्यक्त गरे । गोष्ठीमा निजी वन विकासका लागि नीतिगत तथा कानुनी संस्थागत सुधार गर्नुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
हाल नेपालमा करिब २४ सय हेक्टर क्षेत्रफल निजी वन क्षेत्र रहेको वन विज्ञ पौडयालले १०बर्षमा २ लाख हेक्टर निजीवनको दर्ता, कार्ययोजना स्वीकृति र कार्यान्वयनमा सहयोग गर्ने आफुहरुको लक्ष्य रहेको प्रष्टाए ।
जिल्ला वन अधिकृत शिव सपाकोटाले बर्दियामा निजी जग्गामा बृक्षारोपण प्रर्वद्धन गर्न जिल्ला वन कार्यालयले सामाजिक परिचालक मार्फत सचेतना अभियान र निजी नर्सरी सञ्चालन प्रत्येक नर्सरीलाई ५० हजार अनुदान उपलब्ध गराउदै आएको बताउदै यस बर्ष १० वटा नर्सरीलाई अनुदान सहयोग उपलब्ध गराएको जानकारी दिए । उनले बर्दियामा वन क्षेत्र कम रहेका हुलाकी सडकभन्दा दक्षिण भागमा निजी जग्गामा बृक्षारोपण गर्नेगराउने कार्यलाई प्राथमिता दिइ निःशुल्क बिरुवा बितरण तथा ढुवानी कार्य शुरु गरिएको बताए।
जिल्ला वन कार्यालयको प्राविधिक सल्लाहमा हालसम्म बर्दियामा ११० हेक्टर निजी जमिनमा बृक्षारोपण गरिएको बताउदै सहायक वन अधिकृ श्यामबाबु लोपचनले जिल्ला वन कार्यालय र स्थानीय तहहरुको सहयोगमा यस बर्ष ७ लाख बिरुवा निःशुल्क रुपमा बितरण गर्ने कार्य शुरु भएको उनको भनाइ छ ।
पारिवरिक निजीवनसंघ नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष बलराम भट्टराईले किसानको सम्पति र कृषि र उद्योगको मेरुदण्डको रुपमा रहेको निजी वनले घर निर्माण,जलवायु परिर्वनको प्रभाव कम गरि जैविक विविधता संरक्षणमा योगदान पुरयाइरहेको बताउदै निजी जग्गामा रुख रोप्ने कार्यलाई ब्यक्ति,समुदाय,सरकार सबैले प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिए ।
जिल्ला संयोजक खुमप्रसाद सुवेदीले सन् २०१३ मा काठ–दाउरा आपुर्तिमा ४० प्रतिशत योगदान पुरयाएको निजी वनले हाल आएर ७० प्रतिशत योगदान पुरयाइरहेको निजी वनले आपुर्तिमा टेवा पुरयाइरहेको तथ्यांक प्रस्तुत गर्दे सरकारले पनि निजी वन प्रर्वद्धनमा जोड दिएर वन तथा वातावरण संरक्षण र दिगो जीविकोपार्जनमा ब्यतिm तथा समुदायलाई ठुलो सहयोग मिलेको बताए।
गोष्ठीमा गुलरिया उद्योग बणिज्य संघका अध्यक्ष बीरबहादुर चौधरी,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द धिताल,गुलरिया खानेपानी उपभोक्ता समितिका अध्यक्ष मीनराज शर्मा, प्रेस क्लब लुम्बिनी पत्रका अध्यक्ष यम घिमिरे,महिला अधिकारकर्मी पारु काफले ,लक्ष्मी अधिकारी लगायतले निजी वनको विकास तथा प्रर्वद्धनमा जिल्ला वन कार्यालयको भूमिका सकारात्मक महत्पुर्ण रहेको बताए।
Comments
Post a Comment