राजापुरको नगरसभाबाट ५९ करोड १५ लाख ७७ हजार बजेट पारित


लुम्बिनी पत्र /पी सी एन्
राजापुर ,असार २८ । राजापुर नगरपालिकाकाको दोस्रो नगरसभाले  आर्थिक बर्ष २०७५/७६को लागि ५९करोड १५लाख ७७ हजार रुपैयाको बजेट अनुमोदन गरेको छ । 
दोस्रो नगरसभामा उपाध्यक्ष मनकला चौधरीले प्रस्तुत गरेको बिनीयोजन बिधयेकमा आवश्यक छलफल गरि सभाले बजेट अनुमोदन गरेको हो । 
कृषि,पर्यटन,ब्यापार र पुर्वाधार विकासका माध्यमबाट राजापुरलाई नमुना नगरपालिका बनाउने नीति तथा कार्यक्रमको  उदेश्यय अनुरुप बजेट अनुमोदन गरिएको नगरप्रमुख शिवप्रसाद चौधरीले बताए ।

पारित बजेटमा संघीय सरकारको अनुदान ४३करोड ६६लाख ५४ हजार, प्रदेश सरकारको अनुदान २करोड ९९ लाख २३हजार,सामाजिक सुरक्षा तर्फको ८करोड, आन्तरिक स्रोत १करोड ५०लाख र अन्य ३करोडलाई बजेटको आम्दानीको स्रोतको रुपमा राखिएको प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले बताए ।  बजेट अनुसार राजापुर क्षेत्रका १देखि १० वडालाई ९९लाख देखि १करोड ५०लाख रुपैया बजेट पारित भएको छ ।  
नगरसभाले गत हप्ता पारित नीति तथा कार्यक्रममा एक वडा एक नमुना विद्यालय सञ्चालन गर्ने ,  राजापुर क्षेत्रमा सहकार्य गरि २५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने,  एक वडा एक स्वास्थ्य केन्द्र र ब्लड बैंक स्थापना गर्ने, राजापुर नगरस्तरीय सरसफाइ गुरुयोजना तैयार गरि राजापुर बजारको खानोपानी बितरण प्रणालीमा सुधार  ल्याउने , महिला हिंसा , लैंगिक हिंसा, बालश्रम,बालविवाह,छुवाछुत नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजननाको सुपरजोनलाइ प्रभावकारी बनाउने, साउन १ गतेबाट एकीकृत सम्पति कर लागु गरि घर,मालपोत र जोताह कर खारेज गर्ने, पत्रकारिताको हित र कल्याण गर्ने लगायत रहेका छन् ।


Comments