पी सी एन
गुलरिया, साउन ४ । नेपाली कांग्रेसका प्रभावशाली नेता एंव केन्द्रिय सदस्य डा.शेखर कोइराला साउन ७ गते बर्दिया आउदै छन्।
३६औ वी पी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बर्दियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी बर्दिया आउन लागेका हुन ।
कंग्रेसका प्रभावशाली नेता कोइरालाले सरकार विरुद्ध कांग्रेसले आन्दोलन घोषणा गरेको परिपेक्ष्यमा आन्दोलनलाई प्रभावकारी बनाउन बर्दियाका नेता तथा कार्यकर्ताहरुलाई आवश्यक निर्देशन दिने कार्यक्रम समेत रहेको कंग्रेस बर्दियाका सभापति एंव प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले बताए ।
कोइरालाको प्रमुख आथित्यतामा हुने कार्यक्रममा सरिक हुन नेपाली कांग्रेस बर्दियाले आम कार्यकर्ताहरुलाई जानकारी पठाएको छ । कंग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यालय गुलरियामा साउन ७ गते बिहान ९बजे नेपाली कांग्रेसका प्रभावशाली नेता एंव केन्द्रिय सदस्य कोइरालाले कार्यकर्तालाई गर्ने सम्बोधन गर्ने कार्यक्रममा अनिवार्य उपस्थित हुन सबैलाइ निर्देशन दिएको छ।
केन्द्र एवं प्रदेश सरकारमा भएकाहरुको अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध आगामी श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने सन्दर्भमा कोइरालाको आगमनलाइ अथपुर्ण रुपमा हेरिएको छ ।
Comments
Post a Comment