कोहलपुर या दाङ्गलाई ५ नम्बर प्रदेशको राजधानी बनाऔं : पुर्वमन्त्री गौतम


पी सी एन / लुम्बिनी पत्र
नेपालगञ्ज, साउन ६ । पुर्वमन्त्री , प्रतिनिधि सभा सदस्य एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले बाँके बर्दिया जिल्ला सम्बन्धका हिसाबले एउटै जिल्ला भएको बताउदै कोहलपुर वा दाङ्ग लाई ५ नम्बर प्रदेशको राजधानी गराउन नसकेर आफुहरु चुकेको बताउदै कोहलपुर वा दाङ्ग प्रदेश नम्बर ५को राजधानीका लागि उपयुक्तस्थल हुने बताएका छन् ।
कंग्रेसका प्रभावशाली केन्द्रिय सदस्य डा. शेखर कोइरालको प्रमुख आथित्यतामा नेपाली कांग्रेस बाँकेले भेरी प्राविधिक शिक्षालय नेपालगञ्को सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्वमन्त्री गौतमले अहिले पनि बाँके र बर्दियाका धेरै साथीहरुको कोहलपुर या दाङ्गमा राजधानी हुनपर्ने चाहना रहेको प्रष्ट पार्दे जनचाहना बुझन नसके भविष्ययमा ५ नम्बर प्रदेशको यो जिल्ला ६ नम्बर तिर जाने भएकाले आफुहरुको माँग गम्भीर रुपमा लिन सरकार र पार्टी नेतृत्वसंग आग्रह गरे ।  
नेपाली कांग्रेसको केन्द्रिय समितिबाट बर्दिया र बाँकले धेरै आशा गरेको बताउदै सभापति गौतमले सुशील कोइरालाको देहावसान पछि बाँके र बर्दियाले न्याय र विवेक पाएका छैनौ  , न्याय र विवेकाको थालनी गरिदिनुहुन आग्रह गर्दछु ः उनले भने । 
प्रजातन्त्र ल्याउन २०४६सालमा वामपन्थीसंग गरेको  सहकार्यका कारण अस्तीत्व गुमाइसकेका वामपन्थीहरु शतिmमा आएको बताउदै सभापति गौतमले नेपाली कांग्रसलाई पुर्नजीवन दिन नयाँ हिम्मत र साहसका साथ नेताहरु टाउको जोडेर एक बन्नुपर्ने सुझाव दिए । 
ठुलो बन्ने रहरमा  समग्र कांग्रेस निर्माण गर्न नसकेको बताउदै उनले गुटउपगुटा र पार्टीमा टिका लगाउने प्रबृतिको अन्त्य गर्न नेतृत्वसंग आग्रह गरे । 
समग्र कांग्रेस निर्माण गर्ने कोशीस गरेर आफुले बर्दिया १बाट चुनाव जितेको जितेको जिकीर गर्दे प्रतिनिधि सभा सदस्य एंव पुर्वमन्त्री गौतमले आसेपासे चाकडी बाजलाई नबटुलेर कांग्रेसभित्र न्याय बिधिको यात्रा शुरु गर्न गराउन नेता शेखर कोइराला संग आग्रह गरे । 
धनी र गरिब बीचको खाड कम गर्न नसकेका कारण इगो । दुइटा कम्युनिष्ट मिलेका कारणले मात्र नभई स्वार्थी कार्यकर्ताहरुले गर्दा धेरैजसो ठाउँमा चुनाव हारेको उनको तर्क छ । 
मानव अधिकारकर्मी, चिकित्सक, पत्रकार सबैलाई दमन गर्ने अधिनायवादी एंव दमनको चरित्र सरकारमा हावि भएको भन्दै उनले १५ गतेको बिरोध प्रर्दशन कार्यक्रमलाई बाँके बर्दियामा सशतm पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । एक प्रसंगमा नेता गौतमले बाँके र बर्दियामा ३÷ ४सय द्वन्दपीडितको नाउँ काटेकोमा नाम च्चाउन आग्रह गरे । 
नेपाली कांग्रेस इलामका सभापति हिमालय कमाचार्यले उग्रराष्टवादमा नाममा सरकारमा गएको वली सरकारले संविधान, लोकतन्त्र र जनताको मर्म बिपरीत काम गर्दै गएकोले वली सरकारलाई छिट्टोे भन्दा छिट्टो ढाल्नुपर्ने बताए ।

Comments