बढैयाताल, असार २३ । बिभिन्न २५० वटा योजना कार्यान्वर्यन गर्ने गराउने लक्ष्यसहित बढैयाताल गाउँपालिकाको तेस्रो गाउँसभाले आर्थिक बर्ष २०७५/७६का लागि बजेट पारित गरेको छ ।
उपाध्यक्ष दीपा गौतमले असार १०गते पेस गरेको बजेट बिषयगत समिति,कर्मचारीबीचको बैठक तथा छलफल, वडासमिति लगायतसंगको छलफल हुदै आवश्यक संशोधनसहित सभाबाट बिहीबार पारित गरेको हो ।
कालोपत्रे सडक र ग्राभेललाई प्रमुख प्राथमिकता दिएको बजेटले बजेटको कुल रकम मध्ये ४० प्रतिशत भन्दा बढि रकम भौतिक पुर्वाधार तर्फ र ३६ प्रतिशत जति रकम सामाजिक विकास तर्फ छुटयाएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बहुबर्षीय ठेक्का अन्र्तगत प्रत्येक वार्डको कार्यालयसम्म नागरिककलाई पुग्ने सजिलो तुल्याउने गरि गुणस्तरीय कालोपत्रे गर्ने उनको भनाइ छ ।
बजेटको १० प्रतिशत चालुमा बाँकी सबै पुँजीगत तर्फ छुटयाइएको सो बजेटमा १२६ वटा ग्राभेल सडकको योजना, बहुुउदेश्यीय सभा गृह र खेलकुद मैदान गाउपालिकाको केन्द्रको भवनलाई पनि प्रमुख प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले बताए । बिहीबार पारित बजेटले ४वटा वडा कार्यालयको भवन निर्माणका लागि पनि रकम बिनियोजन गरेको छ ।
बजेटले महिला बालबालिका अपांग युवालाई तालिम, स्वरोजगार तथा उद्यमशीलताका गतिविधि, कृषि, बढैयाताल पर्यटन क्षेत्र विकास कार्यक्रमका विषयलाई प्राथमिकता दिई बजेट पारित गरिएको अधिकृत ढकालले बताए ।
Comments
Post a Comment