बाघ हेर्न बाँके निकुञ्ज र गाभर होमस्टे उपयुक्त



लुम्बिनी पत्र /  पी सी एन
बैजनाथ, साउन १२।  बैजनाथ गाउँपालिका १ स्थित निकुञ्जसित जोडिएको गाभर भ्यालीस्थित सामुदायिक होमस्टे बाघ अवलोकनका लागि आउनेको गन्तव्य बनेको छ । 
गाउँमा सञ्चालित होमस्टेमा बसेर निकुञ्जमा बाघ अवलोकन गर्न सकिने भएकाले होम स्टेमा आउनेहरुको संख्या बढिरहेको छ । त्यसैले बाघ हेर्नेको संख्या पनि बढ्न थालेको हो ।
बाघ अवलोकनलाई मुख्य आधार बनाएर सञ्चालन गरिएका होमस्टेमा आउने पाहुनाका लागि पैदल, हात्ती वा जिप सफारीमार्फत निकुञ्जमा चरा अवलोकन र हात्ती सफारी गर्ने व्यवस्था मिलाएको होमस्टका अध्यक्ष कृष्ण चौधरीले बताए। 
बाघ लगायतका वन्यजन्तुको अवलोकनका साथै  थारू संस्कृति र  थारु खानाले पनि गाभारमा पर्यटकलाई लोभ्याउने गरेको पत्रकार प्रेम विश्वकर्माले बताए ।
बाँके, बर्दिया निकुञ्ज र त्यहाँका वन्यजन्तु, पन्छी, चुरे पहाडको मनोरम दृश्यले स्वदेशी पाहुनाहरुलाई आर्कषण बढाएको छ । 
‘थारू, मुगाली, हुम्ली समुदायको मिश्रित मौलिक संस्कृति, खानाका परिकार अनि परम्परा यस होमस्टेमा एकैसाथ देख्न र अनुभव गर्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने, ‘त्यसबाहेक निकुञ्जका वन्यजन्तु र बाघ थप आकर्षण हुन् ।’ त्यस्तै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भ्रमणको प्याकेज पनि होमस्टेको सुविधामा रहेको उनले बताए । 
होमस्टे सञ्चालनपछि यहाँका समुदायको आर्थिक अवस्था पनि सुधारिएको छ । पहिला बिरामी पर्दा सिटामोलसमेत किन्न नसक्नेले अहिले बालबालिकालाई गुणस्तरीय उच्चशिक्षा दिन सकेका छन् । होमस्टेबाट समुदायले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गरेको अध्यक्ष चौधरीले बताए । 
संस्कृतिको संरक्षण र प्रचारप्रसार मुख्य उद्देश्य राखेको होमस्टे सञ्चालकहरु  वन र वन्यजन्तुको संरक्षणमा पनि लागेका छन्५ घरबाट सुरु भई अहिले  ८ घरमा सञ्चालनमा रहेको होमस्टेमा स्वदेशी तथा विदेशी गरि ४ वर्षमा २० हजार बढी पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा भारत, अमेरिका, थाइल्यान्ड, दुबई, कतार, स्वीट्जरल्यान्ड लगायत देशबाट १ सय २९ ले होमस्टे अवलोकन गरेका छन् । यो गरिएको थियो । अहिले गरिन्छ । ५० जनाले प्रत्यक्ष रोजगारी पाएको सो हमस्टेमा एकपटकमा ४० जनासम्मलाई बस्न खाने सुविधा छ । कृषि, वन, सामाजिक विषयसँग सम्बन्धित विद्यार्थी र अन्य सरोकारवाला पनि अध्ययन अनुसन्धानका लागि आउने गरेको व्यवस्थापन समितिले जनाएको छ ।
ससाना र स्थानीय परम्परागत शैलीका घर र निकुञ्जका बाघ र वन्यजन्तु विदेशीका लागि आकर्षण बन्दै गएको होमस्टे सञ्चालक गंगादत्त जैसीले बताए । ‘विदेशी पर्यटक यहाँका घर र निकुञ्जका बाघ देखेर बढी रमाउने गरेका छन्’ उनले भने, ‘पुराना घरको संरक्षण र स्थानीय परम्परा अनुसारकै घर निर्माण गर्न पनि उनीहरूले सुझाव दिने गरेका छन् ।’
बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु
गुलरिया, साउन १२ ।  कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सीप क्षमतामा सुधार ल्याई उनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ । सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बाँके युनेस्को क्लबले नै बर्दिया जिल्लामा पनि सो कार्यक्रम संचालन गर्ने अवसर पाएको हो । नेपाल सरकारले देशका १६ वटा जिल्लामा संचालन गरेको राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अ
न्तर्गत बर्दिया जिल्लामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख निलकण्ठ रेग्मीले जानकारी दिए ।
बर्दिया जिल्लाका ३ सय वटा सामुदायिक विद्यालय र मदरसाहरुमा संचालन गरिएको सो कार्यक्रमले कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सीपको महत्त्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने प्रमुख रेग्मीले बताए ।
क्लबले पाएको सामाजिक तथा समुदाय परिचालनको कार्यले विद्यार्थीको सिकाइमा समुदाय तथा परिवारको संलग्नता अभिवृद्धि गराउने तथा विद्यालय अन्तर्गतका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघहरुलाई पूर्णरुपले सक्रिय तुल्याउने र अभिभावकलाई विद्यालयमा नियमित उपस्थित हुने वातावरण सिर्जना गर्ने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
आफ्ना वालवालिकाको पढाइ प्रति सचेत तुल्याई पढाइ कार्यमा हर किसिमले सहयोग गर्न उपयुक्त ढङ्ले अभिभावक तथा समुदायलाई उत्प्रेरित गर्ने कार्यमा यस कार्यक्रमले सहयोग गर्ने अध्यक्ष सिद्दिकीको भनाई थियो ।
सो कार्यक्रम अन्तर्गत जिल्लामा विभिन्न कार्यक्रम र गतिविधिहरु संचालन गरिने छन् । सोही कार्यक्रम अन्तर्गत जिल्लाका ९५ वटा विद्यालयलाई अधिकतम् जनही २ लाख रुपैयाँको दरले विद्यालय ब्यबस्थापन अनुदान समेत अपलब्ध गराइने भएको छ ।
उक्त अनुदान पाएका सबै विद्यालयमा प्रारम्भिक कक्षा पढाई उपसमिति गठन गरिने छ । शिक्षक अभिभावक संघको अध्यक्षको अध्यक्षतामा गठन गरिने सो उपसमितिले प्रारम्भिक कक्षाको पढाईका लागि विभिन्न प्रकारका गतिविधिहरु संचालन गर्नेछ ।
विद्यालय ब्यबस्थापन अनुदानले प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकको सहभागितामा वृद्धि, पढाइ र सिकाइका लागि थप अवसर तथा विद्यालयपछिको समयका लागि पढाइ सामग्रीहरूको निर्माण गर्न र उपलब्ध गराउन अवसरहरू प्रदान गर्नेछ ।
राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकलाई दौंतरी शिक्षा तालिम, स्थानीयस्तरमा शैक्षिक सामाग्री निर्माण, पढाई उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियान लगायतका गतिविधिहरु संचालन गरिने छ ।


Comments