१५ गते बिहान ११ बजे विरोध प्रर्दशनमा सहभागी हुन कांग्रेसको आग्रह


लुम्बिनी पत्र/ पी सी एन
नेपालगञ्ज, साउन १४ । नेपाली कांग्रेस बर्दियाका सभापति एंव पुर्वमन्त्री सञ्जयकुमार गौतम, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले मंगलवार नेपालगञ्ज , गुलरिया लगायत देशैभर ७७ वटै सदरमुकाममा सरकारको अधिनायकवादी एंव जनविरोधी कृयाकलापको विरुद्धमा हुने प्रर्दशनमा ब्यापक रुपमा सहभागी हुन सबैमा अपिल गरेका छन्। 
गौतम र कोइरालाले एक सन्देश प्रकाशित गरि अधिनायकवादी जनविरोधी कृयाकलाप बिरुद्ध साउन १५गते बिहान ११बजे नेपाली कांग्रेस जिल्ला कार्यालय गुलरिया र नेपाली कांग्रेस जिल्ला कार्यालय नेपालगञ्जमा उपस्थितिका लागि कृयाशील सदस्य, पार्टी निकाय भातृ संस्था, समाजेवी उधोगी व्यवसायी, अधिकारकर्मी, सुरक्षाकर्मी कानुन व्यवसायी, सरकारी गैरसरकारी संस्था लगायत बिभिन्न पेशामा संलग्हरुलाई अनुरोध गरेका छन्।
अनावश्यक मुल्यबृद्धि, मनोमानि तरिकाबाट कर असुली, स्वतन्त्र प्रेसलाई कुठित गर्ने ,बाढीपीडित जनतामाथि उदासिन हुने, नागरिकको मौलिक स्वतन्त्रतामाथि बन्देज लगाउने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला गरेका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका जनप्रिय निर्णय खोरेज गर्ने लगायतका सरकारका जनविरोधी निर्णय बिरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस बर्दियाकन सभापति सञ्जयकुमार गौतमले बताए । 
लोकतान्त्रिक ढंगबाट लोकतान्त्रिक संविधानको मर्म र भावना अनुरुप  सरकार अगाडि बढनुको साटो कानुनी शासनको खिल्ली उडाउदै मनोमानी ढंगबाट सरकार सञ्चालन अघि बढिरहेकोले सरकारको अधिनायकवादी र जनविरोधी कृयाकलाप रोकी लोकतन्त्र र लोकतान्त्रिक संविधान बचाउन आफुहरुले सञ्चालन गरेको विरोध प्रर्दशनलाई लगायतका आन्दोलनका कार्यक्रमलाइ सर्वसाधरण, किसान,ब्यापारी,विद्यार्थी सबैबाट सहयोग हुने कंग्रेस बाँकेकी सभापति किरण कोइरालाले विश्वास लिएकी छिन् ।


Comments