लुम्बिनी पत्र/ पी सी एन्
बढैयाताल, असार ३० । नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाले नेपालगञ्ज –दिल्ली उडान, नेपालगञ्ज रुपैडिहा नाकामा आइ.पी.एस.सञ्चालन र बर्दियामा आयुर्वेदीक उद्योग तथा इन्स्टिच्युसन खोल्ने कार्य छिटोछरितो गराउन भारत सरकार र भारतीय राजदूतसंग आग्रह गरेकी छिन ।
नेपालका लगि भारतीय राजदुत मञ्जीवसिंह पुरीको स्वागत, भेटघाट तथा अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष राणाले कैलाश मानसरोवर जाने गेट नेपालगञ्ज बनाउन र कनेक्टिीभीटी बढाउन नेपालगञ्ज–दिल्ली उडान छिटोछरितो शुरु हुनुपर्ने बताइन् ।
नेपालगञ्ज दिल्ली उडान शुरु गर्न गराउन नेपालगञ्ज विमानस्थललाइ पनि इन्टरनेशनल एयरपोर्टको रुपमा विकास गर्न जरुरी रहेको प्रष्टयाउदै उनले नेपालगञ्ज विमानस्थलको विकास तथा विस्तारमा सहयोग पुरयाउन भारत सरकारबाट पनि सक्दो सहयोग हुनपर्ने बताइन ।
प्रदेश राजधानीको सम्पुर्ण पुर्वाधार रहेको नेपालगञ्जलाई प्रदेश राजधानी बनाउन नसकेपनि औद्योगिक राजधानी बनाउनु पर्नेमा जोड दिदै महासंघ अध्यक्ष राणाले भारतको उतरप्रदेशसंग फाइदा लिन नेपालगञ्ज बर्दिया क्षेत्रमा होटल लगायत पर्यटन र कृषिमा आधारित उद्योगधन्दाको विकास गर्न जरुरी रहेको बताइन ।
नेपालगंज दिल्ली उडानसंगै नेपाल भारतबीच कनेक्नटीभीटी बढने धारणा राख्दै उनले आइ.सी.पी. निर्माण कार्य छिटोछरितो शुरु गर्न दुवै देशको सरकारलाइ आग्रह गरिन ।
देशमा हाल स्थिर सरकार रहेको र भारत र नेपाल सरकार बीच राम्रो सम्बन्ध कायम गर्न गराउन राजूदत पुरीले सकारात्मक भूमिका खेलेकोमा प्रंशसा गर्दे महासंघ अध्यक्ष राणाले रहेको हाइड्रो, टुरिज्म र कृषिको विकास तथा विस्तारमा सहयोग पुरयाउन भारतीय राजदुत पुरीलाई आग्रह गरिन । कृषि,पर्यटन र जडिबुटीको राम्रो संभावना रहेको बर्दियामा आयुर्वेदिक इन्स्टिीच्युसन खोल्न भारतीय दुतावास र भारत सरकारले सहयोग पुरयाउनेमा आफु विश्वस्त रहेको बताउदै राणाले जडिबुटी व्यवसायीका समस्या हल गर्न र इन्डो नेपाल ट्रेड फेसिलेशन सेल खोल्न सरकारसंग आग्रह समेत गरिन ।
Comments
Post a Comment