भारतीय राजदूतसंग बाँके र बर्दियाका व्यवसायीले के भने ?




पी सी एन/ लुम्बिनी पत्रनेपालगञ्ज, असार ३०। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाको उपस्थितिमा होटल स्नेहा प्रा.लि.मा नेपालका लागि भारतीय राजुदत मञ्जीवसिंह पुरीसंग अन्तरकृया एंव भेटघाट कार्यक्रम गर्दै बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनैतिक नेतृत्वहरुले नेपालगञ्ज क्षेत्रको उद्योग,पर्यटन,कृषि तथा भौतिक पुर्वाधारको विकास तथा विस्तारमा जोड दिन भारत सरकारसंग आग्रह गरेका छन्। नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज क्षेत्रका उद्योगीव्यवसायी का समस्या धेरै रहेको बताउदै आफनो ठुलो दाइ (भारत)संग धेरै आशा लाग्ने तर आशा पुरा नहुदा रिस उठने   धारणा राखे । सिटी हल, सुख्खा बन्दरगाह लगायतका भौतिक निर्माणमा भारत सरकारले सहयोग पुरयाउनु पर्ने माँग अघि सार्दै उनले रुपैडियमा ए.सी. बस्ने व्यवस्था गर्न, नेपाली सवारी साधनलाई भन्सार पास लिएर भारतमा निर्वाध रुपमा सञ्चालन हुन पाउने व्यवस्था मिलाउन आग्रह गरे। भारतीय दुतावासबाट सवारी पास लिदा बिचौलयाहरुले ठुलो रकम लिने गरेको गुनासे गर्दै अध्यक्ष वैश्यले जडिबुटी निकासीमा बिद्यमान कानुनी झन्झट र जटिलताहरु हटाउन भारत सरकारसंग विशेष पहल गर्न राजदुतलाई आग्रह गरे । उद्योगको विकास नहुदासम्म देशको विकास नहुने तर्क  अघि सार्दै अध्यक्ष वैश्यले नेपाल भारतका व्यापारीलाई ठूलो अवसर रहेको तराइको विकासमा ध्यान दिन , नेपाली टि.भी.भारतमा चल्ने व्यवस्था मिलाउन आग्रह समेत गरे। बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मीले पश्चिम क्षेत्रको ऐतिहासिक एंव पुरानो कर्तनियाघाट नाकालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र कर्तनियाघाटमा पक्की पुल निर्माणमा पहल गर्न भारतीय राजदूतलाई आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले भारतीय राजदूतहरु नेपालगञ्ज आउदा पटक पटक थुप्रै पटक स्मरण पत्र दिएका बताउदै  दिल्ली नेपालगञ्ज उडान छिटो सञ्चालनमा ल्याइ भारतीय पर्यटक नेपालगञ्जमा भित्रयाउन नेपाल तथा भारत सरकारले विशेष चासो दिनुपर्ने बताए ।कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले  सुख्खा बन्दरगाह निर्माण,नेपालगञ्ज एयरर्पोटलाई विस्तार गरि  क्षेत्रीय एयरपोर्टको बनाउनु पर्ने , हिल्सा  जोडने सडक निर्माण  भारतीय गाडि झै नेपाली गाडिलाई भन्सार पास लिएर भारतमा चलाउन पर्ने मांगलाई प्रमुख रुपमा राजदूतसमक्ष उठाए । अधिवक्ता विश्वजीत तिवारीले रुपैया बोर्डर बिहान सबेरै नखुल्दा आवागमनामा ठुलो समयस्या भएको गुनासो गर्दै  समयमै बोर्डर खुलाउन, कानुन पढाउन पनि छात्रबृति उपलब्ध गराउन, बाढी तथा डुबानको समस्याबाट बाँके जिल्लाई मुक्त गर्न विशेष परियोजन सञ्चालन गर्न र महेन्द्र बहुमुखी क्याम्पसलाई भारत सरकारले दिदै आएको सहयोगलाई निरन्तरता गर्न गराउन राजदूतलाई आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव , राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष एंव पुर्व मेयर बिजय गुप्ताले  सम्पुर्ण नेपालको गेट वे को रुपमा रहेको नेपालगञ्लाई बनाउन नेपाल भारत सरकार र दुवै देशका उद्योगी व्यवसायीले चासो दिनुपर्ने बताउदै नेपालगञ्जलाई ब्रोडवेज रेल्वो लिंकमा जोड्न, आइ.सी.पी. शीघ्र सञ्चालनको व्यवस्था मिलाउन, रोड प्रमिट लिन भारतीय दुतावास जान नपर्ने व्यवस्था मिलाउन भारतीय राजदूतलाइ आग्रह गरे । प्रदेश सांसद याकुब अन्सारीले नेपाल र भारतबीच आर्थिक रुपले समान बन्धन हुनपर्नेमा जोड दिदै  नेपाली व्यापारीले पनि भारतमा खुला रुपमा व्यापार गर्न पाउनु पर्ने व्यवस्था मिलाउन जडिबुटी लगायतका नेपाली समानहरु सहज रुपमा भारत निर्यात हुने व्यवस्था मिलाउन राजदूत पुरीको ध्यानाकर्षण गराए ।होटल एशोसियसनका क्षेत्रीय अध्यक्ष अशीत शमशेर राणा, नेपाल भारत मैत्री संघको अध्यक्ष अजयकुमार टण्डन, खुद्रा व्यवसायी संघका अध्यक्ष भीम रानाभाट, नेपालगञ्ज उधोग बाणिज्य संघका कार्यालय प्रमुख अजयसिंह सिजापतिले कन्सुलियट अफीस स्थापना गर्न,  नेपाली जडिबुटी र्चेम्बर्स अफ कर्मशसको सिफारीसमा  भारतमा जान पाउने व्यवस्था मिलाउन,  ल्याण्ड कस्टम अफीस रुपैडियामा स्थापना गर्न गराउन, कोहलपुरसम्म रेलसेवा सञ्चालनको व्यवस्था मिलाउन भारतीय राजदूतसंग आग्रह गरे । 


Comments