लुम्बिनी पत्र / पी सी एन
गुलरिया, १४ साउन । स्थानीय सरकारका नीति तथा कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय स्तरमा हस्ताक्षर गरेका सन्धि सम्झौता कार्यान्वर्यन गर्न गराउने सन्दर्भमा अन्तर्राष्ट्रिय संयन्त्र र जवाफदेहिता विषयक २ दिने कार्यशाला गोष्ठी गुलरियामा शुरु भएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा ओरेक नेपाल बर्दियाले सो गोष्ठी शुरु गरेको ओरेक नेपालकी कार्यक्रम संयोजक सर्मीला न्यौपानेले बताइन।
महिला तथा बालबालिका सवाल र दिगो विकास लक्ष्य हासिल गर्न गराउन वडा तथा नगरपालिकालाइ लैङ्गिक मैत्री कार्ययोजना बनाउने प्रतिबद्ध बनाउने उदेश्ययले आयोजना गरेको गोष्ठीमा ओरेक नेपालका कार्यक्रम निर्देशक अविराम राय ले सहजीकरण गरिरहेका छन्।
बढैयाताल गाँउपालिका र गुलरिया नगरपालिकाका वडा अध्यक्षहरु, शिक्षा तथा महिला विकास शाखा प्रमुख , राजापुर,बढैया र गुलरियाका न्यायिक समितिका सदस्यहरु गरि ४०बढिको सहभागिता रहेको गोष्ठीमा सोमवार बालबालिका तथा किशोरकिशोरीहरुलाई प्रजनन स्वास्थ्य र प्रजनन अधिकार , परिवार नियोजन, सुरक्षित यौन व्यवहार बारे विद्यालय तथा समुदाय स्तरमा आवश्यक पर्ने शिक्षा तथा सचेतना बारे ब्यापक छलफल भएको ओरेक नेपालकी कार्यक्रम अधिकृत सपना शर्माले बताइन।
Comments
Post a Comment