लुम्बिनी पत्र /पी सी एन
नेपालगञ्ज, असार २५ । हालैमात्र सरुवा भएर आएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुबेदीले अनियिमितता र भष्ट्राचार नियन्त्रण गरि सुशासन र पारदर्शिता कायम गर्न गराउन आफु अहोरात्र लागिपर्ने बताएका छन् ।
प्रेस क्लब अफनेपाल र लुम्बिनी पत्रसंगको विशेष कुराकानीमा उनले आफु पनि गलत र अपारदर्शी काम नगर्ने प्रष्ट पार्दे नगरपालिका र वडा कार्यालयमा हुने गलत कुरा, ढिलासुस्ती र अनियमिततालाई आफुबाट प्रश्रय नहुने प्रष्टाए । गलत गर्न पनि दिन्न , आफु पनि गल्ति गर्दिन र विकास निर्माणको कुनै काममा अनिमितता भएको छ भन्ने गुनासो आएमा अनियमितता गर्नेको पेमेण्ट पनि रोकिदिन्छु ः प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने , “कुनैपनि अनिमितताको आंशका भएमा पेमेण्ट अगाडि बढाउदीन चाहे जो सुकैको फाईल होस ।”
सबैले सहयोग गरे नेपालगञ्ज नगरपालिकामा हुदै आएका अनियमितता रोकिने धारणा राख्दै उनले अनियमितता,ढिलासुस्ती र अपारदर्शिता रोक्ने रोकाउने जनप्रतिनिधी र मिडियाको पनि जिम्मेवारी रहेकोले मिडियाकर्मी र जनप्रतिनिधिबाट पनि आफुलाइ पुरा सहयोग हुने विश्वास ब्यक्त गरे ।
छिटोछरितो, जनताले चाहेको गुणस्तरीय विकास र सेवा उपलब्ध भए नभएको बारे जनता र मिडियाकर्मीबाट गुनासो आएमा तत्काल त्यसको उचित सम्बोधन गर्ने गराउने पनि प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाइ छ । नेपालगञ्ज नगरपालिका मिडिया फ्रेण्डली नभएको गुनासो आइरहेको बेला अधिकृत सुबेदीले नेपालगञ्ज नगरपालिका आगामी दिनमा मिडिया फ्रेण्डली भएर स्थानीय मिडियाको प्रवद्र्धनका लागि पारदर्शी भएर स्थानीय मिडियाको काम गर्ने प्रतिबद्धता जनाउदै कार्यविधि बनाएर कोष खडा गरि स्थानीय मिडियाको प्रवद्र्धन गर्ने गराउने बताए । हामीले गरेका काम पारदर्शी भएर जनताको माझ सार्वजनिक गर्नेछौ त्यसका लागि स्थानीय रेडियो र पत्रपत्रिका मार्फत नियमित रुपमा जनता माझ सुचना,सन्देशहरु प्रकाशन एंव प्रसारण गर्ने उनको भनाइ छ ।
तेस्रो नगरसभा अन्र्तगत असार २१गतेको बैठकले आगामी आर्थिक बर्ष २०७५/७६का नेपालगञ्ज उपमहानगरपालिकाले २अर्ब ४३करोड ३८लाख ३८हजार३६ रुपैयाको बजेट स्वीकृत गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत सुबेदीले सो बजेट सरसफाई, खेलकुद, लक्षितवर्गमा फोकस भएको प्रष्टाए ।
Comments
Post a Comment