सञ्चारकर्मीहरुलाई नेतृत्व विकास तालिम शुरु


पी सी एन्/ लुम्बिनी पत्र
गुलरिया, साउन ६ । प्लान इन्टरनेशनल र ओरेक नेपालको सहकार्यमा बर्दियाको गुलरियामा आइतबारदेखी लैङ्गिक संवेदनशिलताको सवालमा सञ्चारकर्मीहरुलाई नेतृत्व विकास तालिम शुरु भएको छ। 
विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा आवद्ध भई बर्दिया जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई लक्षित गरि नेपाल पत्रकार महासंघ बर्दियाको आयोजनामा तालिम आयोजना गरिएकमे शाखा अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताए । तालिममा २२ जना भन्दा बढिको सहभागीता रहेको छ । पहिलो दिनको तालिममा कान्तिपुर टेलिभिजन (काठमाडौ) का डेक्स इन्चार्ज राम बहादुर रावलले प्रशिक्षण दिएका छन्।
उनले ब्यक्ति, समाज, राष्ट्रका लागी हानिकार मानिएका प्रथा, कुसंस्कार, विकृतिको पहिचान, त्यसले पार्ने असर, तिनको पहिचान, समाचार लेखन, प्रकाशन, प्रसारण लगायतका विषय बस्तु माथी चर्चा गरको थिए । 
ओरेक नेपालकी कार्यक्रम संयोजक सर्मिला निरौलाका अनुसार बाल विवाह न्युनीकरण, लैङ्गिक हिंसा, परम्परागत संस्कारका विरुद्धमा सचेतना जगाउदै आएको सामाजिक संस्था ओरेक नेपालले विगत डेढ वर्षदेखी बर्दियामा क्रियाशिल रहेको छ । उनले समाजमा अहिले पनि सामाजिक कुप्रथा, लैङ्गिक विभेद, संवेदनशिलताका सवाल लुकेर रहेको र तिनको सत्य, तथ्य र विश्वसनिय नालीबेली वाहिर ल्याउन पत्रकार तथा सञ्चारमाध्यम सँग सहकार्य गरि अघि बढ्न खोजेको बताइन । ओरेक नेपाल बर्दियामै कार्यरत महिला अगुवा सपना शर्माले समाज रुपान्तरणका लागी आफुहरु अन्य सरोकारवाला निकाय जस्तै पत्रकार तथा सञ्चारमाध्यम सँग सहकार्य गरी हिडेकाले समन्वय सहकार्य अझ प्रभावकारी बनाउन तालिमले सहयोग गर्ने विश्वास ब्यक्त गरिन। 

Comments