बर्दियाका कांग्रेसको जिल्ला सम्मेलन सम्पन्न, ४ बर्षभित्र जिल्लामा कांग्रेस पहिलो पार्टी बन्ने


पी सी एन / लुम्बिनी पत्रगुलरिया, भदौ २५ । बर्दिया कांग्रेसलाइ जीवन्त, नियमीत, व्यवस्थित, पारदर्शी एंव अनुशासित बनाइ  चार बर्षपछि हुने सबै निर्वाचनमा कांग्रेसलाइजिल्लामा पहिलो पार्टी  बनाउने लगायतका महत्वपुर्ण निणर्य गर्दै बर्दिया कांग्रेसले भव्य र सभ्य रुपमा जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।४बर्षमा वडा, गाउपालिका नगरपालिका, प्रदेश सभा र संघीय हरेका निर्वाचन बर्दिया कांग्रेसलाइ पहिलो बनाउने लगायतका निर्णयहरु गर्दे सम्मेलन सम्पन्न गरेका छौ ः सम्मेलन लगतै प्रेस क्लब लुम्बिनी पत्रसंग संक्षिप्त कुरागर्दै बर्दिया कांग्रेसका सभापति  सञ्जयकुमार गौतमले भने ः यो सम्मेलनले बर्दिया कांग्रेसलाइ पुर्नजीवित गराएको छ कार्यकर्तामा नयाँ प्रेरणा, नयाँ उर्जा र जोश बढेको छ ।सम्मेलन समापन कार्यक्रमलाइ सम्बोधन गर्दै बर्दिया कांग्रेसका सभापति एंव पुर्व मन्त्री गौतमले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन् । दुइदिनसम्म चलेको सम्मेलनको उपलब्धी र निर्णय बार मंगलवार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम रहेको बर्दिया कांग्रेसले जनाएको छ। सम्मेलन तैयारी समितिका संयोजक विद्याप्रसाद खनालले बर्दिया कांग्रेसको जिल्ला सम्मेलनले पार्टीलाई एक ढिक्का बनाएर लगको बताउदै आगामी दिनमा कंग्रेसको संगठन चुस्त दुरुस्त र सशक्त हुने विश्वास ब्यक्त गरे । उनले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद पनि दिए । सम्मेलनको बन्द सत्रका अधिकांश स्थानीय तह, सरकारी तथा गैर सरकारी निकायबाट सम्पादन भएका विकास निर्माण , कर बृद्धि लगायत विषयमा ठोस निर्णय लिन बर्दियाका स्थानीय तहलाइ नागरिक मैत्री सेवा प्रवाह गर्न गराउन आवश्यक निर्देशन दिन समेत  जिल्ला तथा केन्द्र नेतृत्वलाइ सुझाव दिएको स्रोतले बतायो । सम्मेलनमा कम्युनिष्ट गठबन्धन वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको, जनताका जनजीविकाका विषयमा खेलवाड गरेको , महंगी र कालाबजारीको विगविगी भएको भन्दै त्यस बारेमा उपयुक्त निर्णय दिन समेत नेतृत्वलाइ अनुरोध समेत गरिएको बुझिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनको बन्द सत्रलाइ केन्द्रिय सदस्य किशोरसिंह राठौर,पुर्व आमन्त्रित केन्द्रिय सदस्य महेन्द्र शर्मा, प्रदेश सभा सदस्य भुवनेश्वर थारु, महासमिति सदस्य मालती सोडारी, तेजबहादुर भाट, भोजराज जोशी ,सोदे बिष्ट, बिजय देवकोटा, सुशीला गिरी लगायतले सम्बोधन गर्दे अनुशासित र मर्यादित भइ संगठन निर्माणमा लाग्न अनुरोध गरेको स्रोतले बतायो । सम्मेलनको बन्दसत्रमा जिल्लाका आठवटै स्थानीय तहका सभापतिहरु,सचिवहरु, स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , महासमिति , महाधिवेशन प्रतिनिधि लगायतको सहभागीता थियो ।


Comments