बारबर्दिया, २९ भदौ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ५ जब्दहवामा बिहीवार राती सञ्चारकर्मी सञ्जु चौधरी (सरम) माथि कुटपीट भएको छ ।
थारु पत्रकार संघका अध्यक्ष र नेपाल पत्रकार महासंघका साधरण सदस्य समेत रहेका चौधरीको कुटपीटबाट मुख तथा घाँटीमा गंभीर चोट लागेको उनले बताए । उनको माथिल्लो भागको एउटा दाँत समेत टुटेको छ ।
प्रहरीले कुटपीटमा संलग्न बारबर्दिया ५ का जंगबहादुर थारु, तिलकराम थारु, सुरमान थारुलाइ पक्राउ गरि इलाका प्रहरी कार्यालय बनियाभारमा राखि आवश्यक कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
साझ काम सकेर घर फर्कनेक्रममा चौधरीमाथि मदिरा सेवन गरेका तीन जना ब्यतिmहरुले अनाहकमा गालीगलौच गरि मरणासन्न हुने गरि कुटपीट गरेको प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष डिलप्रकाश गौतमले बताए ।सो घटनाप्रति आफनो गंभीर ध्यानकर्षण भएको उनको भनाइ छ ।
प्रेस सेण्टर नेपाल बर्दियाकी अध्यक्ष मेनका चौधरीले पत्रकार चौधरीमाथि कुटपीट गर्नेहरु कानुन बमोजिम कारवाही हुनुपर्ने बताइन ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले पत्रकार कुटनेहरुलाइ कानुन बमोजिम कारवाही गर्न पत्रकारको सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाइ आग्रह गरेका छन् । उनले प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको सबै पक्षबाट सम्मान हुनुपर्ने बताए ।
पत्रकार चौधरीले अवैध रुपमा काठ तस्करी गर्ने काठ तस्करहरुले आफुमाथि हातपात गरेको भन्दै संचारकर्मीलाई सुरक्षा दिन आग्रह गरेका छन् ।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले घटनाको वास्तविकता छानविन गरि दोषीलाइ कारवाही गर्न सम्बन्धित निकायले उच्च सकृयता देखाइ पीडितको चितm बुझाउने न्याय प्रदान गर्ने विश्वास लिएका छन् ।
Comments
Post a Comment