विनय राजभण्डारी प्रेस युनियनको अध्यक्षमा निर्वाचित


लुम्बिनी पत्र/ प्रेस क्लब 
गुलरिया, असोज ७ । कुशल संगठनकर्ता, युवा जुझारु पत्रकार , कंग्रेस नेता विनय राजभण्डारी दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बर्दिया शाखाको अध्यक्षमा निर्वाचित भएका छन्। 
दुइदिन लगाएर शनिवार सम्पन्न युनियनको छैठौ जिल्ला अधिवेशनले ३७ बर्षीय राजभण्डारीलाइ अध्यक्ष निर्वाचित गरेको हो । उनी आफना निकटम प्रतिद्वन्दी दिपकलाल श्रेष्ठलाइ पराजित गर्दे अध्यक्षमा निर्वाचित भएका हुन । 
अधिवेशनले विष्णु प्रसाद अधिकारी जिल्ला उपाध्यक्षमा, गोमा बिष्ट महिला उपाध्यक्षमा,दुर्गा आचार्य सचिवमा निर्वाचित गरेको छ । 
यस्तै कोषाध्यक्षमा  शुभाष परियार, सहसचिवमा विनिता भाट , मधेशी सदस्यमा मुरलीराम गोडिया, जनजाति सदस्यमा मञ्जील राजभण्डारी निर्विरोध भएका छन् भने प्रेमप्रसाद यादव र हरि गुरुंग सदस्यमा निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष राजभण्डारीले नेपाली कांग्रेसको नीति, आर्दश र निर्देशन बमोजिम नेपाली कांग्रेस निकट लोकतन्त्रवादी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षामा नव निर्वाचित जिल्ला समितिले प्रभावकारी भुमिका खेल्ने बताए । उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति र कांग्रेस निकट शुभेच्छुक तथा भातृसंस्थाले गरेका कामहरु मिडियामा प्रचारप्रसार गरि नेपाली कांग्रेसको पक्षमा व्यापक जनलहर ल्याउन आगामी दिनमा प्रेस युनियन सशक्त र प्रभावकारी किसिमले कार्य गर्ने बताए । 


Comments