केन्द्रिय प्रतिनिधिमा ११ निर्वाचित, प्रदेश प्रतिनिधिमा ५ निर्विरोध


प्रेसक्लब 
गुलरिया, असोज ७ । नेपाल प्रेस युनियन बर्दिया शाखाको छैठौ जिल्ला अधिवेशनले ११जना केन्द्रिय प्रतिनिधि निर्वाचित भएका छन् । 
 अधिवेशनले अग्रज पत्रकाहरु युवराज श्रेष्ठ, कृष्णप्रसाद बस्याल, राजेन्द्र धिताल, बिष्णुप्रसाद तिमिल्सिनालाइ निर्वाचत गरेको छ ।
यस्तै  यादव आचार्य,  दिनेशकुमार यादव, लक्ष्मण ढुंगाना, गीता अधिकारी, राधा ज्ञवाली, दिपक शर्मा, कुसुम वि.क पनि केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् । 
यस्तै प्रेस क्लब अफ नेपालका केन्द्रिय अध्यक्ष एंव लुम्बिनी पत्रका प्रकाशक ÷सम्पादक यमनाथ घिमिरे सहित ५ जना निर्विरोध प्रदेश प्रतिनिधि बनेका छन् । 
निर्विरोध हुने प्रदेश प्रतिनिधिमा सन्तोष पौडेल, छप्पुराम थारु, मंगलराम थारु, विवेक राजभण्डारी रहेकोे निर्वाचन अधिकृत बीरबहादुर रोकायले बताए ।


Comments