पी सी एन / लुम्बिनी पत्र
गुलरिया, भदौ १९ । जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुसन्धानको लागि हिरासतमा राखिएका स्वतन्त्र मधेशी गठबन्धन सि.के.राउत समूहका राम मनोहर यादवको उपचारको क्रममा भदौ १६ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगले सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रकार सम्मेलन गरि हिरासतमा रहेका यादवलाइ मेडिकल सामाग्री सहित अ.हे.ब.गया प्रसाद चौधरी, यादवका नातेदार दिपक पासी र प्रहरी सहायक निरीक्षक निम बहादुर रावत समेतको टोलीले थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उपचारको क्रममा सोही अस्पतालमा भदौ १६ गते बिहान अन्दाजी २.१५ बजेको समयमा यादवको मृत्यु भएको बताए ।
बाँके जिल्ला जानकी गाउपालिका वडा नं.६ बस्ने बर्ष ३० का राम मनोहर यादव भदौ १४गते बिहान अन्दाजी ०६ ः १५ बजेको समयमा एक्कासी बिरामी भई वेहोस भई तत्काल निजलाई उपचारको लागि जिल्ला अस्पताल बर्दियामा लगेकोमा उनकोे उपचार हुन नसकि उक्त अस्पतालले थप उपचारको लागि उनलाई तत्काल भेरी अंचल अस्पताल नेपालगंज बाँकेमा रिफर गरी पठाएको र सो अस्पतालमा पनि उपचार हुन नसकी नेपालगंज मेडिकल कलेज बाँकेमा पठाईएकोमा सो अस्पतालमा समेतमा उपचार हुन नसकि थप उपचारको लागि भदौ १५ गते त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बितरीत प्रेस विज्ञप्ती पढेर सुनाउदै सुचना अधिकारी महेन्द्रध्वज अधिकारीले भदौ ७ गते गते दिउसो अन्दाजी २ ः४५ बजेको समयमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.५ स्थित जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा उपप्रधान,स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पाटी कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम भईरहेको अवस्थामा स्वतन्त्र मधेशी गठबन्धन सि.के.राउत समूहका व्यक्तिहरुले नेपालको स्वतन्त्रता,प्रादेशिक अखण्डता, राष्ट्रियता उपर अपमान गरी नारा लगाई घृणा द्धेष फैलाई राष्ट्रहित प्रतिकुल काम गरी उक्त कार्यक्रम बिथोल्न खोजेको हुँदा सो स्थानबाट जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटि गएको प्रहरी टोलीले बाँकेको जानकी गाउपालिका वडा नं. ६ कपासी बस्ने बर्ष ३० को राम मनोहर यादव, डुडुवा गाँउपालिका वडा नं.६ बस्ने बर्ष २६ को हरपाल सिंह, सोही ठाउँका बर्ष ३१ का ईरफान अहमद शेख र जानकी गाँउपालिका ३ रमुवापुर बस्ने बर्ष २८ को राजित राम बर्मालाई तत्काल पक्राउ गरिएको बताए ।
राज्य बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी आबश्यक अनुसन्धानको लागि भदौ ७ गतेबाट लागु हुने गरी भदौ ८ गते जिल्ला सरकारी वकिल कार्यालय बर्दिया मार्फत बर्दिया जिल्ला अदालतबाट यादव लगायत ४ जनालाइ पहिलो पटक दिन ७ को म्याद थप हिरासतमा राखिएको प्रजिअ कुरुम्बांगको भनाइ छ ।
बर्दिया प्रशासनले यादवसंगै हिरासतमा रहेका साथीहरु ईरफान अहमद शेख, हरपाल सिंह र राजितराम बर्मा समेतले साथी राम मनोहर यादवलाई भेट्न आउने आफन्तले निजको श्रीमतीलाई क्यान्सर रोग देखिएको भन्ने सुनाई दिएकोले निज सोही समय देखि तनावमा रहेको र बिहान एक्कासी बेहोस हुन गई बिरामी परेकाले तत्काल प्रहरीले उपचारको लागि जिल्ला अस्पताल बर्दियामा लगेको हो भनि कागजमा खुलाई लेखाई दिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सामाजिक संजाल तथा केही पत्रपत्रिकामा प्रकाशित समाचारमा सत्यता नभएको जानकारी गराएको छ ।
Comments
Post a Comment