कालिका, तुदी, रसुवा जेभीले गरे अर्कोउदाहरणीय काम , प्रचण्ड हर्षित


पी सी एन  लुम्बिनी पत्र
बर्दिया, भदौ२० । बर्दियाको गेरुवा कर्णाली पुल बनाएर प्रसिद्धी कमाएका कालिका, तुदी, रसुवा जेभीले सिन्धुलीमा दुईवटा पुल सरकारले दिएको समयावधि भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर उदाहरणीय काम प्रस्तुत गरेका छन् ।
सिन्धु्लीस्थित मरिण खोला र कमला खोलामाथिका दुई पक्की पुल निर्माण कम्पनीहरु भएको समय भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर उनीहरु थप उदाहरणीय बनेका छन्   ।
यी मध्ये सिन्धुलीको मरिणगाउपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक समारोह बीच उद्घाटन गरेका छन् ।
कार्यक्रमममा बोल्दै अध्यक्ष दाहालले मरिण क्षेत्रकै समृद्धिको ढोका खोलेको पुल निर्माण तोकिएको समय भन्दा डेढ वर्षअघि नै सकिएकोमा हर्ष व्यक्त गरे ।
अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्ने कुरालाई यस पुल निर्माणमा संलग्न कम्पननीले पाठ सिकाएकोे बताए । पुल उद्घाटनका क्रममा दाहालले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको थालनी भएको पनि जिकिर गरे ।
 प्रचण्डले समय अगावै पुल निर्माण गरि उदाहरण प्रस्तुत गर्ने ठेकेदार कम्पनी, कर्मचारी र स्थानीयबासीलाई विशेष कार्यकम गरेर सम्मान गर्ने समेत बताए ।
कालिका, तुदी, रसुवा जेभीले चारसय मिटर लामो पुल समयावधि अघि नै निर्माण सम्पन्न गरेको हो । ४९ करोड १४ लाख रुपैयाँको लागतको पुलको निर्माण सम्पन्न गर्ने अवधि २०७६ पुस २८ गतेसम्म रहेको थियो ।

त्यही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाच वर्ष भित्रमा एक हजार पक्की पुल र १० हजार किलोमीटर कालोपत्र सडक निर्माण गर्ने उद्घोष गरे । 

Comments