सोनालिका ट्रयाक्टरको खरिदमा मोटरसाइकल र सुन उपहार पाइने


पी सी एन / लुम्बिनी पत्र
गुलरिया, भदौ २२। किसानहरु माँग र चाहना बमोजिम सोनालिका इण्टर नेशनलले सोनालिका टयाक्टरको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहार प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।
बर्दिया, बाँके लगायत नेपालभर सर्वाधिक बिक्री हुने सोनालिका ट्रयाक्टरको अधिृकत विक्रेता लिला इण्टर नेशनल प्रा.लि.ले लक्की ड्र बम्पर उपहार कार्यक्रम ल्याएको छ ।
नेपालीहरुको महान चाड बडा दशै र तिहारलाइ लक्षित गरि लिला एण्टर नेशनलले लक्की ड्र बम्पर उपहार कार्यक्रम ल्याएको हो ।
 कार्यक्रम अन्र्तगत सोनालिका ट्रयाक्टरको खरिदमा १जनालाई टी.भी.एस.आरटीआर २०० बाइक, १जनालाइ २ तोला सुन र १जनालाइ १तोला सुन उपहार कार्यक्रम ल्याईको लिला इण्टरनेशनल प्रा.लि. गुलरियाका प्रमुख मनोज यादवले बताए ।
२०७५साल भाद्र १गतेदेखि २०७५साल कार्तिक २१गतेसम्म ट्रयाक्टर खरिद गर्नेहरुका लागि लक्की ड्र बम्पर उपहार कार्यक्रम राखिएको हो उनको भनाइ छ ।
मजबुत संरचना र कार्य सम्पादनमा उत्कृष्ट मानिने ६देखि २१ लाख मुल्यका सानादेखि ठुला ट्रयाक्टरहरु बिक्री बितरण गर्दै आएको  सोनालिका इण्टरनेशनलले बिग्रेकै ठाउँमा र घरमै  गएर टयाक्टर मर्मतको सेवा पनि प्रदान गर्दे आएको प्रमुख यादवले बताए ।
स्थिर मेशीन गियर बक्स, छेउका गियर लिभरहरु , एटएफप्लस टु आर गियरबक्स लगायतका विशेषता भएका सोनालिका ब्राण्डका डि.आइ.७४५ ब्राण्डका ट्रयाक्टरहरु हिमाल पहाड तराइ सबै तिर चलाउन आरामदायी हुने चालकहरु बताउछन् ।
कम डिजेल खाने, पछि बिक्री गर्न खोज्दा सहज तरिकाले राम्रो मुल्यमा तुरुन्त बिक्री हुने, आजीवन सर्भीसींग चार्ज फ्री र किन्न खोज्दा कम्पनि आफैले फाइनान्सको व्यवस्था गराइदिएकाले पनि यो ट्रयाक्टर अधिकांश किसानको रोजाइमा परेको कृषि विकास शाखा गेरुवा गाउँपालिकाका विश्वरुप जोशीले बताए ।
बर्दियाको राजापुर गुलरियामा सम्पर्क कार्यालयहरु रहेको सबै ठाउमा सर्भीसीङ्गको व्यवस्था छ ।
बर्दियाको राजापुर , गुलरिया , भुरिगाउँमा शाखा कार्यालय खोली सेवा प्रदान गर्दे आएको सोनालिका टयाक्टरको आधिकारिक विक्रेता लिला इण्टर नेशनल प्रा.लि.ले बर्दियाका १७जना युवाहरुलाइ रोजगारीको व्यवस्था गरेर आर्थिक क्षेत्रमा योगदान पुरयाएको नेपाल चेम्बर्स अफ कमर्स बर्दियाका अध्यक्ष उदयराज लम्साल बताउछन् ।

Comments