पी सी एन/ लुम्बिनी पत्र
गुलरिया, भर्दाै २७ । बर्दिया प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले नागरिक मैत्री प्रहरी सेवा नै आफनो प्राथमिकता रहेको बताएका छन् ।
आफु जिल्लामा सरुवा भएर आएयता एक महिना अवधिमा भए गरेका कामहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आन्तरिक शुद्धीकरण गर्दे प्रहरीलाइ नागरिक मैत्री बनाएको बताए।
बर्दियामा राम्रो सुरक्षा व्यवस्था बनाउन म लागि परेको छु तपाइहरु सबैको सहयोगले जिल्लालाइ अझ राम्रो बनाउन सकिन्छ उनले भने ः प्रहरी एक्लैले मात्र पुर्ण शान्तिसुरक्षा हुन नसक्ने भएकाले पत्रकार, नागरिक, राजनैतिक दल सबैको सहयोग जरुरी हुन्छ मैले सबैैबाट राम्रो सहयोग पाइरहकै छु ।
प्रहरीलाइ नागरिक मैत्री बनाउन बर्दिया प्रहरीले आन्तरिक शुद्धीकरण पनि जोड दिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आचरण विपरीत काम गर्ने प्रहरी निरीक्षक १, प्रहरी सहायक निरीक्षक ३ , प्रहरी हवलदार १ र प्रहरी जवान १ गरि ६ जनालाइ कारवाही गरेको प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।
एक महिने प्रगति प्रस्तुत गर्दे प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले लागु औषध, भन्सार चोरी निकासी र मानव बेचबिखन नियन्त्रणमा बर्दिया प्रहरीलाइ ठुलो सफलता प्राप्त भएको बताए ।
x
Comments
Post a Comment