कांग्रेसलाइ पहिलो पार्टी नबनाउदासम्म विश्राम लिन्न : देउवा


पी सी एन / लुम्बिनी पत्र
गुलरिया, भदौ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा  नेपाली कांग्रेसलाइ पहिलो नम्बरको पार्टी बनाइ छाडने प्रतिबद्धता गरेका छन् ।
नेपाली कांग्रेस बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस पार्टीलाइ कुनैपनि हालतमा पहिलो नम्बरको पार्टी नबनाउदासम्म आफु विश्राम नलिने समेत बताए । 
अबका दिनमा पार्टीलाइ एक बनाएर लैजानु पर्छ र  जबसम्म यो पार्टीलाइ पहिलो नम्बरको पार्टी बनाउदिन तबसम्म मैले विश्राम लिन्न : सभापति देउवाको भनाइ थियो ।
नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौर, महासमिति सदस्य विद्याप्रसाद खनाल लगायतले सम्बोधन गरेका थिए । 
सम्मेलनको बन्द सत्र सोमवार बिहानबाट कंग्रेस जिल्ला कार्यालय गुलरियामा शुरु भइ भोली बेलुका नै सम्मेलन समापन हुनेछ । 
x

Comments