प्रेसक्लब /लुम्बिनी पत्र
गुलरिया, असोज ५ । आज शुक्रवारबाट शुरु हुने नेपाल प्रेस युनियन बर्दियाको छैठौ जिल्ला अधिवेशनको सम्पुर्ण तैयारी पुरा भएको छ। अधिवेशनको उद्घाटन गर्न नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा गुलरिया आइपुगेका छन् ।
शर्मालाइ नेपाली कांग्रेस जिल्ला कार्यालयमा कार्यवाहक सभापति मिश्रीलाल यादव, महासमिति सदस्य बिजयदतm देवकोटा, तेजबहादुर भाट, नगरउपप्रमुख सुशीला गिरी, जिल्ला सदस्य कमलप्रसाद रेग्मी लगायतले स्वागत गरेका छन् ।
शर्माले विजया गेष्ट हाउसमा मध्यान्ह ११ ः५५ मा युनियनको छैठौ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको युनियनका जिल्ला अध्यक्ष विनयराज भण्डारीले बताए।
अधिवेशनको उद्घाटन समारोहमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, केन्द्रिय महासचिव अजयबाबु सिवाकोटी , केन्द्रिय प्रतिनिधि जयसिंह के.सी. लगायतको सहभागिता हुनेछ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै बर्दियाली पत्रकारिताको संस्थागत विकास , पत्रकारिता क्षेत्र लगायत जिल्लाको समृद्धिका विषयमा पनि छलफल हुने अध्यक्ष राजभण्डारीले बताए । अधिवेशन अन्र्तगत शनिवार नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। छैठौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा युनियनका सदस्यहरु लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहने छ ।
नेपाली कांग्रेस बर्दियाका सभापति एवं पूर्व मन्त्री सञ्जयकुमार गौतम निर्वाचित भएको संघीय निर्वाचन क्षेत्र न. १ , नेपाली कांग्रेसका क्षेत्रीय सभापति मुक्तीनाथ यादवले नगर प्रमुखमा निर्वाचित भएको गुलरिया नगरी र नेपाल प्रेस यूनियन बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धितालले नेपाल पत्रकार महासंघ जितेको लोकतन्त्रवादी पत्रकारहरुको बाहुल्यता रहेको बर्दिया जिल्लामा शर्माको उपस्थिितिले बर्दियाली लोकतन्त्रवादी पत्रकार र कांग्रेसजनमा थप उत्साह थपेको नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष युवराज श्रेष्ठले बताए ।
Comments
Post a Comment