पी सी एन /लुम्बिनीपत्र
काठमाडौं, असोज ३०। नेपाली काँग्रेसले कात्तिक ७ गते गर्न तय गरेको शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम कात्तिक १६ गते शुक्रबार हुने भएको छ ।
काँग्रेसले सोही दिन केन्द्र तथा जिल्लामा शुभकामना कार्यक्रम आयोजना गर्ने जनाएको छ । काँग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको असोज २७ गते निधन भएपछि कार्यक्रम पर सरेको सो पार्टीले जनाएको छ ।
विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११३९ लगायत पर्वहरुका अवसरमा चियापना गर्ने परम्परा जननेता बीपी कोइरालाले २०३३ सालबाट सुरु गर्नुभएको थियो । लामो समयसम्म भारत प्रवासमा रहनुभएका कोइरालासहित अन्य नेताहरू स्वदेश फर्किएपछि बडादशैँका अवसरमा चियापान गर्ने परम्पराको सुरुवात भएको थियो । काँग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा दिनको १ देखि ५ बजेसम्म चियापान कार्यक्रम हुने जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
Comments
Post a Comment