गोमा बिष्ट / प्रेसक्लब लुम्बिनीपत्र
गुलरिया, असोज २० । वडा नम्बर ७ का जनप्रतिनिधि र स्थानीयवासी र सञ्चारकर्मीसंग सुचनाको हक सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका ७नम्बर वडा कार्यालयको सहयोगमा नेपाल प्रेस युनियन बर्दियाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
गुलरिया नगपालिकाका प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष यादव आचार्य, प्रेस क्लबका अध्यक्ष यम घिमिरे, प्रेस सेण्टरका अध्यक्ष मेनका चौधरी लगायतको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विकास,सुशासन र समृद्धिका लागि सुचनाको हकको पुर्ण कार्यान्वयन गर्न गराउन सबै लाग्नुपर्ने बताइएको ।
कार्यक्रमलाइ सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुतिmनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले गुलरिया लगायत बर्दियाको समग्र समृद्धि र विकासका लागि मिडियाबाट सकारात्मक सहयोग हुने विश्वास ब्यक्त गरे ।
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनय राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दुर्गा आचार्यले गरेका थिए ।
कार्यक्रममा ४०जनाको सहभागिता थियो ।
x
Comments
Post a Comment