कांग्रेस बलियो बनाउन युनियनको भुमिका महत्वपुर्ण छ : पुर्वमन्त्री शाही


पी सी एन / लुम्बिनीपत्र
कालिकोट, मंसिर ७।  कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता एंव पुर्वमन्त्री जीवनबहादुर शाहीले नेपाली  कांग्रेस बलियो बनाउन प्रेस युनियनले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन् । 
नेपाल प्रेस युनियन कालिकोटले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाइ सम्बोधन गर्दे कंग्रेस नेता एंव पुर्वमन्त्री शाहीले पार्टीलाइ एकढिक्का बनाउन, कांग्रेस कार्यकर्तालाइ उत्साही बनाउन र नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, शान्ति र संविधान तथा विकासमा पुरयाएको योगदानको प्रचारप्रसार गन प्रेस युनियनका पत्रकाहरुको भुमिका महत्वपुर्ण रहेको बताए । कांग्रेसले गरेको काम जनताको माझमा पुरयाउन तपाइहरु सशक्त रप्ले लाग्नुपर्छ मन्त्री शाहीले भने ।
पुर्वमन्त्री समेत रहेका शाहीले कर्णाली प्रदेशका जनताको लागि हालका प्रदेश , केन्द्र तथा स्थानीय सरकारले उल्लेखनीय काम गर्न नसकेका कारण कालिकोट, जुम्ला, हुम्लाका जनतामा निकै निराशा छाएको बताउदै स्थानीय सरकारले जनतालाई सेवा दिने भन्दा अनावश्यक शीर्षकमा कर मात्रै असुलेको बताए । 
उनले स्थानीय तहमा विकास बजेटको बिनियोजन र खर्च गर्ने काममा समेत निकै मन परि भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
स्थानीय सरकारका रुपमा रहेका गाउँपालिकामा बोल्ने र अध्यक्षसँग नजिक भएका वडाअध्यक्षले आप्mनो वडामा बढी रकम लिएर मनपरी खर्च गरेका छन् । त्यसलाई नियमन गर्ने र सहिबाटो वा ठाउँमा ल्याउने निकायको पनि गाउँमा कमी देखियो शाहीले बताए ।
 गरीबी र पछाडि परेको उपमा पाएको कर्णली प्रदेशमा प्रतिपक्ष भनेको रोग भोग र बिकासमा पछाडि पर्नु हो यसबाट छुट्रकारा पाउनका लागि ५ वटा ब ‘बाटो, बिजुली, बजार, बन, बिचार र ब्यबसाय’ को बिकास हुनु अपरीहार्य रहेको मन्त्री शाहीको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, बर्दिया अध्यक्ष विनयरजा भण्डारीले केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुले मोफसलका सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत तथा भौतिक विकासका लागि केही काम गर्न नसकेको बताए । उनले स्थानीय , प्रदेश तथा केन्द्र सरकारहरुले स्थानीय तहका मिडियाहरुको विकास तथा विस्तारमा विशेष चासो दिनुपर्ने बताए । 


Comments