प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल


 लुम्बिनी पत्रगुलरिया, माघ १ । मुख्यमन्त्री शंकर पोखरेलले साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको  विश्वास लिएको वताएका छन् ।माघे सक्रान्ति पर्व र माघी पर्व २०७५को उपलक्ष्यमा शुभकामना सन्देश प्रकाशित गर्दे मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको र अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडी पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मानव्यक्त गरेको बताए । ५ नं प्रदेश सरकारले लोकतन्त्रलाई नागरिकको जीवनपद्दती बनाउन खोजिएको बताउदै उनले  अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेको र  विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि आफु अग्रसर रहेको बताएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको र  त्यसका लागि  समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा आफु अघि बढेको मुख्यमन्त्री पोखरेलको शुभकामनामा उल्लेख गरेका छन् ।उनले प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा सहयोगको हार्दिक अपिल समेत गरेका छन् । मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजु भाइ दिदी बहिनीहरुमा मुख्यमन्त्री पोखरेलले सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

Comments