बर्दिया, माघ१ । माघे संक्रान्तिमा गर्नुपर्ने काम जसले गर्दा पुण्य प्राप्त हुन्छ ।
१. माघे संक्रान्तिमा अरु दिन जस्तै बिहान चाढै उठेर आफ्नो नजिकैको पवित्र नदीमा गई नुहाउनुहोस् । यदी यो सम्भव छैन भने घरमै पानीमा थोरै गंगाजल राखेर स्नान गर्नुहोस् ।
२. स्नान गरिसकेपछि तामाको भाडामा जल, चामल र रातो फुल राखी सूर्य देवतालाई समर्पित गर्नुहोस । जल चढाउने समयमा सुर्यको मन्त्र जप गर्नुहोस ।
३. माघे संक्रान्तिमा दान दिने परम्परा छ । त्यसैले यस दिन मन्दिर गएर गुड र कालो तिल दान गर्नुहोस । यसरी दान गर्दा सूर्य र शनि देव प्रशन्न हुने मान्यता रहेको छ ।
४. सुर्यलाई जल चढाईसकेपछि मन्दिरमा शिवलिङ्गमा कालो तिलको साथ जल अर्पित गर्नुहोस ।
५. माघे संक्रान्तिमा तिल र गुडबाट बनेको चिज खानुहोस ।
Comments
Post a Comment