वडा अध्यक्ष चौधरी सम्मानित


लुम्बिनी पत्र
बाँसगढी। बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा योगदान पुरयाएको भन्दै गेरुवा गाउँपालिका वडा नंं.६का अध्यक्ष टेकबहादुर चौधरी सम्मानित भएका छन् । 
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान राष्ट्रिय दिवस २०७५ २०१९को अवसरमा बाँसगढी ८ बेलौलीमा आयोजित कार्यक्रममा असारेगौडि उपभोतmा समितिका अध्यक्ष समेत रहेका ४३ बर्षीय चौधरी सम्मानित भएका हुन् । 
बर्दिया राष्टिय निकुञ्जको जैविक विविधता संरक्षण, वन्यजन्तु चोरी शिकार नियन्त्रण, मध्यवर्ती क्षेत्र व्यवस्थापन, स्थानीय समुदायको सामुदायिक विकास र मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्यमा प्रशंसनिय योगदान पुयाएकोमा स–धन्यवाद सम्मान पत्र प्रदान गर्दै चौधरीलाइ सम्मान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विकासका उपमहानिर्देशक रामचन्द्र पौडेल, संघीय संसद सत्या पहाडिले स–धन्यवाद सम्मान पत्र प्रदान गर्दे चौधरीलाइ सम्मान गरेका हुन् । 
सम्मानले जनताको स्थानीय स्तरमा विकास गर्न,  वन र वन्यजन्तुको संरक्षण गर्न आफुलाइ थप हौसला मिलेको वडा अध्यक्ष टेकबहादुर चौधरीले बताए।
स्थानीय तह निर्वाचन२०७४मा चौधरी १२७० मत ल्याइ चौधरी ने.क.पा. माओवादी केन्द्रबाट गेरुवा गाउँपालिका वडा नंंं.६को वडा अध्यक्षमा  निर्वाचित भएका थिए।  

Comments