हेल्थ रेसपोन्स टु जेण्डरबेस्ड भ्वाइलेन्स बिषयक चारदिने तालिम जारि


लुम्बिनी पत्र
गुलरिया । स्वास्थ्य चौकी तथा प्राथामिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको क्षमता विकासका लागि लैङ्गिक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मीको भुमिका (हेल्थ रेसपोन्स टु जेण्डरबेस्ड भ्वाइलेन्स ) बिषयक चारदिने तालिम बर्दियाको गुलरियामा जारि रहेको छ ।
प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्ज र स्याक नेपालको आर्थिक सहयोग र बर्दिया अस्पतालको समन्वयमा सो तालिम सञ्चालन गरिएको हो ।
जिल्ला अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग पु¥याउने र महिला हिंसा तथा बालबालिकाका घटनाहरुको प्रमाणहरु संकलन गरि हिंसा प्रभावितहरुलाई न्याय दिलाउनको लागि स्वास्थ्यकर्मीहरुले हिंसा प्रभावितको शारीरीक चेकजाच गर्दा कसरी गर्ने र के कस्तो कुराको जांच गर्दा प्रमाण सुरक्षित कसरी गर्ने बारे तालिम दिई लैगिंक हिसां न्यूनीकरणमा स्वास्थ्यकर्मिहरुलाई संवेलनशिल हुन पे्ररीत गर्ने उद्धेश्यले तालिम संचालन गरिएको बालिका संरक्षण परियोजनाका कार्यक्रम संयोजक शेषकान्त शर्माले बताए ।
जिल्ला अस्पताल बर्दियाको सहकार्य, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुको स्वीकृतीमा तैयार पारिएको क्लिनिकल प्रोटोकल र शिक्षार्थी निर्देशिका बमोजिम तालिम दिइएको शर्माको भनाइ छ ।
जिल्लास्थित अस्पताल,स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिममा  मुख्य सहजकर्ताको रुपमा डा. बिजय उपाध्याय र सहजकर्ताहरुको रुपमा डा.बिन्दु पाण्डे, डा.सुवास पाण्डे,डा. कृष्ण खनाल लगायतले सहजीकरण गरिरहेको स्याक नेपालका सूपरभाईजर पुजा बक्छेलले बताइन् । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा स्याक नेपालद्वारा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा यूवा सशक्तिकरण परियोजना बर्दिया जिल्लामा संचालन भईरहेको छ। 


Comments