मनकारी बर्दियाली युवाः हावाहुरी पीडितलाई एक लाख सहयोग सांसद थापाद्वारा युवा संघलाइ रकम हस्तान्तरण


लुम्बिनी पत्र
गुलरिया । बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै हावाहुरी पीडितलाई काठमाडौंमा बस्दै आएका बर्दियाली युवाहरुले सहयोग गरेका छन् ।
राजधानी काठमाडौमा बस्दै आएका बर्दियाका युवाहरुले हावाहुरी पिडितलाई एक लाख १ हजार एकसय रुपैया सहयोग गरेको सामाजिक अभियन्ता रेशम थापाले जानकारी दिए ।
हरिस गौतम, रेशम बहादुर थापा ,महेन्द्र बिष्ट, समृद्दा केसि, प्रिया देबकोटाको बिशेष पहलमा संकलन गरिएको उक्त राहत रकम सांसद तुल्सा थापा मार्फत युवासंघका सचिव बचन बहादुर सिङ्गलाइ काठमाडौमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । रकम स्वदेश तथा बिदेशमा रहेका साथिभाईहरुबाट पनि संकलन गरिएको उक्त रकम बिपत्तीमा सानो सहयोग गर्ने प्रयास गरिएको हरिस गौतमले बताए ।
कार्यक्रममा सांसद तुल्सा थापाले राहत रकम पीडित समक्ष पुगोस भनी सानो सहयोग गरेको बताइन् । ‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो।’ सांसद थापाले भनिन, ‘त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं ।’ विपदका बेला सबै नेपाली एक जुट भएर सहयोग गर्नुको विकल्प नभएको सांसद थापाले बताइन् ।
कार्यक्रममा युवा संघ नेपालका कोषाध्यक्ष अमित लामा स्थायी समिति सदस्य तथा कार्यालय सचिव सुमन पुरी लगायतको सहभागिता रहेको थियो ।


Comments