Skip to main content
बर्दियामा रोकिएन बाघको आक्रमण, ९६घण्टामा २ सर्वसाधरणले ज्यान गुमाए
लुम्बिनीपत्र
गुलरिया। पछिल्लो समय बर्दियामा बर्दिया निकुञ्ज अन्र्तगतका बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीयहरु त्रसित बनेका छन्। निकुञ्जमा पाटेबाघको संख्या बढेपछि आहारको कमि भएकाले बाघहरु आहारा खोज्दै मानव बस्तीमा पसि मानवलाइ खान थालेका छन् ।
बर्दियामा एकपछि अर्कोगरि बाघले आक्रमण गर्ने क्रम बढेको छ। भदौ ५गते बिहीबार गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार बिहान ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँबजार खानेपानी टयांकी नजिकै बाघले आक्रमण गर्दा अर्को एक जनाको ज्यान गएको छ।
बंगुरलाई दाना खुवाउन जाने क्रममा बाघले आक्रमण गर्दा ७० वर्षीय पहरीया थारुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए।
बिहीबार पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका वार्ड नम्बर ४ दंगपुरकी ५६ वर्षीया रामकली शाहीको ज्यान गएको थियो ।
वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने भएपनि निकुञ्ज,मानव र वन्यजन्तुबीचकोे द्वन्द समाधानका कार्यक्रमहरु प्रभावकारी छैनन्।
बाघबाट सर्वसाधरणको जीउधनको क्षति हुन थालेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सुचना जारि मध्यवर्ती क्षेत्रका जंगलहरुमा घाँस दाउरा लगायतका प्रयोजनमा नजान अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए।
Comments
Post a Comment