जिल्ला शिक्षा कार्यालयको संयोजनमा जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,जिल्ला प्रकोप उद्धार समितिका पदाधिकारी र संचारसंग सम्बद्ध संस्थाका प्रमुखहरु सम्मिलित टोलीले जिल्लाका १६ वटा विधालयमा पुगि अनुगमन गरेको हो ।
अनुगमन क्रममा युनिसेफद्धारा बितरीत किट ब्याग समयमै बितरण गरिएको पाईएको भए तापनि बिधार्थीहरुलाई स्कुल पोशाक सिलाउनका लागि प्रदान ग
रिएको प्रति बिद्यार्थी ४सय रुपिया भने हालसमम बितरण नभएकोमा अनुगमन टोलीले तत्काल सो रकम बितरण गर्न निर्देशन दिएको अनुगमन टोलीमा संलग्न नेपाली कांग्रेसका सदस्य कैलाश अधिकारीले बताउनु भयो ।
चारवटा समुहमा बिभाजन भई अनुगमन टोलीले गुलरिया स्रोत केन्द्रको राधकृष्ण बगलामुखी मावि गुलरिया,मकेदेमावि गुलरिया,नेरामावि सुहेलवा,स्वामी परमानन्द मावि छेदापुर ,मगरागाडि स्रोत केन्द्रको पाञ्चजन्य उमावि पदनाह,नेरामावि बेलवाबज्जा,निमावि कुम्राहगांउ,बगनाह स्रोत केन्द्रको हिमालय निमावि मिर्चेहा,चुुरे उमावि बगनाह,बबई शिशु निमावि बरगदाह र राजापुर श्रोत केन्द्रको एकप्रिय उमावि पाताभार,सरस्वती निमावि दौलतपुर,नेराप्रावि बंगालीपुरको अनुगमन गरेको हो ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुंवर,स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल,जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह,सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मी ,प्रेस क्लब अफ नेपालका अध्यक्ष एंव नेपाली एक्सप्रेसका कार्यकारी सम्पादक यम घिमिरे,पत्रकार महासंघका अध्यक्ष मीनराज शर्मा, फुलबारी एफ एम का कुसुम बि क , सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पाल,प्रहरी नायब उपरीक्षक दिपककुमार बस्नेत,नेपाल शिक्षक युनियनका नवराज ढुंगाना,रेक्रसका हेमँत अधिकारी,महिला तथा बालबालिका कार्यालयका तारा सिंह,नेपाली कांग्रेसका कैलाश अधिकारी,नेकपा एमालेका ईन्द्रबहादुर रावल,एकीकृत माओवादीका निरकुमार तिरहुत,तमलोपाका अशेश्वर ठाकुर,मजफोका काशिराम थारु,मजफो नेपालका विष्णु यादव,नेपाल परिवार दलका सुशील लामिछाने ,जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत पिताम्बर शर्मा,नायब सुब्बा रोमकान्त ज्ञवाली,प्राविधिक सहायक राजकिशोर झा लगायतको सहभागिता थियो ।
गत बर्ष साउन २९ र ३०गते आएको बाढिले स्कुले बालबालिका प्रभावित भएको भन्दै युनिसेफले गत बर्षको कातिक महिनामा जिल्लाका ९४वटा विधालयका लगभग १२हजार बिधार्थीहरुलाई जिल्ला शिक्षा कार्यालय र सम्बन्धित बिधालय मार्फत किट ब्याग बितरण गरेको सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले जानकार।ी दिनुभयो थियो । युनिसेफले बितरण गरेको किट ब्यागमा कपि,कलम,नेलकटर,कट््टु पेण्टी,स्कुल पोशाक लगायतका समान रहेको बिधार्थीहरुले बताए।
Comments
Post a Comment