सभामुखले आवहान गरेको सर्वदलिय बैठक सम्पन्न


पी सी एन्,१४ वैशाख । सभामुख सुवास नेम्वांगले बोलाउनु भएको र प्रधानमन्त्री सुशील कोईरालाले अध्यक्षता गर्नुभएको सर्वदलिय बैठक भर्खरै सिंहदरबारमा सकिएको छ ।
बैठकले भुकम्प पीडितहरुको सहयोगका लागि सभासद्हरुको एक महिना बराबरको तलब केन्द्रिय प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बैठकमा दलहरुले काठमाण्डौमा मात्र नभई राजधानी बाहीरका भुकम्प प्रभावित जिल्लाहरुमा पनि उद्धार तथा राहत वितरण कार्य प्रभावकारी पार्न सुझाव दिएका छन् ।अनुगमन  यस्तै दलहरुको  नेतृत्वमा केन्द्रिय  अनुगमन टोली पनि बनाउनु पर्ने सुझाव दिएका छन्। बैठकमा संसद बैठक तत्काल डाक्न समेत मांग गरिएको छ ।
पीडितको राहत तथा उद्धारको विषयलाई सभामुखले बोलाउनु भएको सर्वदलीय बैठक नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष के पी वली, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाललगायतको उपस्थिती रहेको थियो ।
सर्वदलिय बैठकपछि अहिले प्रधानमन्त्रीले टेलिभिजन मार्फत सम्बोधन गर्नु भएको छ । 

Comments