रिता खड्का
पी सी एन्,१वैशाख। बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले अनेकौ चुनौतिका वावजुत समुदाय,संघस्था र नेपाली सेना सबैको प्रयासमा निकुञ्ज संरक्षण कार्य प्रभावकारी भएको बताउनु भएको छ ।
२०औ वन्यजन्तु सप्ताहव्यापी कार्यक्रमको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धारामा शुभारम्भ गर्दे प्रमुख संरक्षण अधिकृत कडेलले निकुञ्ज बाहेकका क्षेत्रमा प्रकृतिको विनाश बढिरहेको भए पनि सबैको सामुहिक प्रयासका कारण निकुञ्ज क्षेत्रमा भने वन ,वन्यजन्तु लगायतका प्राकृतिक सम्पदाको संरक्षण प्रभावकारी देखिएको बताउनु भयो ।
बाघ,गैडा लगायतका वन्यजन्तुको प्राकतिक वासस्थानका लागि विश्वमा नै प्रसिद्धी कमाएको बर्दियामा राष्ट्रिय निकुञ्जमा हालका दिनमा आएर आन्तरिक र बाह्रय पर्यटकको संख्या बढेको बताउदै जस्तोसुकै चुनौति आएपनि वन्यजन्तुहरुको संरक्षण अभियानबाट आफुहरु बिचलित नहुने प्रष्ट पार्नुभयो ।
वन्यजन्तु बिभागका गोपाल प्रसाद भटराई,प्रकृति संरक्षण कोषका शैलेन्द्र यादव,रणशार्दुल गणका गणपति प्रभुकृष्ण खड्का,सेन्स नेपालका दिनेश चन्द्र गौतम,महिला वातावरण समितिका पुष्पा योगी,बर्दिया प्रकृति संरक्षण क्लबका रामबहादुर शाही,चोरी किारी नियन्त्रण युवा अभियानका हेमन्त आर्चाय,बर्दिया नागरिक समाज संजालका बालकृष्ण वली,संरक्षण संचार संजालका कृष्णप्रसाद बस्याल,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे, पत्रकार महासंघका चिरञ्जिवी योगी,मध्यवर्ती क्षेत्र उपभोतmा समितिका नेत्रप्रसाद आचार्य,होटल व्यवसायी मोहन चौधरी लगायतले बन्यजन्तु सप्ताहको सफलताको शुभकामना ब्यतm गर्नुभएको छ।
सहायक संरक्षण अधिकृत अशोक भण्डारीले झण्डोतोलन,गोही छोडने,अन्तरकृया,गैडा गणना,सडक नाटक,राजमार्ग सरसफाई बृक्षारोपण,बन्यजन्तु पीडित बिधार्थीलाई छात्रबृति वितरण गर्ने लगायतका कार्यक्रम गरि वन्यजन्तु सप्ताह कार्यक्रम मनाउन लागेको बताउनु भयो ।
Comments
Post a Comment