पी सी एन्,२९चैत्र । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष शिव गांउलले सेल्फ सेन्सरसिपका कारण नेपाली पकारिता क्षेत्र कठिनाईबाट गुज्रिरहेको बताउदै यस्तो अवस्थाबाट तत्काल मुतm हुन संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
युनेस्कोको सहयोगमा नेपाल पत्रकार महासंघद्धारा आयोजित कार्यक्रममा अध्यक्ष गाउलेले राजनैतिक,सामाजिक,सास्कृतिक र आर्थिक अभाव,दवाब र प्रभावका कारण नेपाली संचार माध्यममा सेल्फ सेन्सरसिप बढेको बताउनु भयो । सेल्फ सेन्सरसिपका कारण नेपाली पत्रकारिताले जनताको पक्षमा कम काम गर्न सकेको उंहाको भनाई थियो।
सेल्फ सेन्सरसिपबाट मुतm हुन पत्रकारहरु आर्थिक रुपमा बलियो , पेशागत रुपले दक्ष र व्यवसायिक हुनुपर्ने धारणा राख्दै उहांले प्रेस स्वतन्त्रता संगसंगै सम्पादकीय स्वतन्त्रता पनि आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव धर्मेन्द्र कर्ण,क्षेत्रीय सयंोजक झलक गैरे,बांकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखक,मानव अधिकार आयोगका निर्देशक मुरारी खरेल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा मध्यपश्चिमम क्षेत्रका ३दर्जन बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
Comments
Post a Comment