उनीहरुले प्रहरी प्रशासनले भारतीय सीमा क्षेत्रमा बस्ने नेपालीहरुलाई घरायशी प्रयोजनकासमान नेपालभित्रै ल्याउन लैजान रोक लगाने,बरामद गर्ने भन्दै सो को विरोधमा
प्रहरी विरुद्ध नाराबाजी पनि गरिएको छ ।
माईतीबाट पाएको कोसेली बोक्न नदिने प्रहरीको ज्यादती बिरोधमा हामीहरु पसल बन्द गरि संर्घषमा उत्रिएका हौः स्थानीय व्यवसायी अतिक अहमदले भन्नुभयो ।
सरकारले तेश्रो मुलुकबाट आयात गरिएका सुपारी ,लसुन लगायतका सामाग्री भारत तर्फ निकासी हुन प्रतिबन्ध लगाएकाले सीमा क्षेत्रमा लसुन तथा सुपारीमाथि विशेष निगरानी बढाईएको प्रहरीले जनाएको छ । भारत तर्फ निकासी हुन लागेका आंशकमा लसुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment