खाता संरक्षित वन क्षेत्रका चुनौतिहरुलाई सामुहिक रुपले समाधान गर्ने बर्दिया जिल्लाका सरोकारवालाहरुको प्रतिबद्धता
तराई भु —परिधि कार्यक्रम तालको सहयोग र जिल्ला वन कार्यालयको समन्वयमा गुलरियामा प्रेस क्लब अफ नेपालद्धारा शनिवार आयोजित समन्वय बैठकमा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन्।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतको कर्तनियाघाट वन्य जन्तु आरक्षलाई जोड्ने खाता संरक्षित वन क्षेत्रले नेपाल र भारतको पारिस्थितिकीय महत्व राख्नुको साथै दुई देश बिच ठूला वन्यजन्तहरु आवत–जावत गर्ने जैविक मार्गको रुपमा समेत महत्व राख्ने भएकाले यसको संरक्षण सम्वद्र्धन तथा दिगो व्यवस्थापनका निम्ती प्रतिबद्धता जनाईएको हो ।
बैठकका अधिकांश सहभागीले खाता संरक्षित वन क्षेत्र लगायतका वनहरुको अतिक्रमण हटाउन अध्ययन अवलोकन गरि छिट्टै काम शुरु गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
बैठकमा वन्यजन्तुबाट हुने क्षति तथा आक्रमणको न्यूनिकरणका उपाय र उचित क्षतिपूर्तिको सहज र सुलभ व्यवस्था,आर्थिक अभाव तथा बढ्दो बेरोजगारी हल गर्न लागि ठोस कार्यक्रम , खाता संरक्षित वन क्षेत्रको प्रचार–प्रसार ,शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र बाटोघाटोको उपयुतm व्यवस्था र पिछडिएको वर्गको लागि चेतना मूलक एवं शिप मूलक कार्यक्रम तथा तालिमको व्यवस्था गर्न दातृ निकाय ,संघ संस्था र सरकारी निकायलाई अनुरोध गर्नुपर्ने लगायतका विषयमा समेत जोड दिईएको छ।
ढोढरी, सूर्यपटुवा, बगनाहा, नेउलापुर, ठाकुरद्वारा,खैरीचन्दनपुर र सानोश्री गरी ७ वटा गा.वि.स.मा फैलिएको खाता संरक्षित वन क्षेत्रको ९हजार २सय ५०दशमलव ३२ हेक्टर क्षेत्रफल रहेको छ जुन बर्दियाको कुल वनको ८.१ प्रतिशत हिस्सा हो ।
नेपालको सबै भन्दा लामो नदी–कर्णाली नदी यसै क्षेत्र हुँदै बग्ने गर्दछ र यो जोखिममा रहेका सोंस (डल्फिन), गोही तथा अन्य जलचरहरुको लागि पनि अति नै उपयुक्त बासस्थान हो । प्राकृतिक सुन्दरता र जैविक विविधताको अलावा यस क्षेत्र तथा आसपासको क्षेत्रमा बसोवास गर्ने समुदायका मानिसहरु वन व्यवस्थापन तथा संरक्षणमा लागि परेका छन् । यस कारणले गर्दा यस क्षेत्र पर्यापर्यटनको विकासको लागि उच्च सम्भावना भएको क्षेत्र मान्न सकिन्छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य कैलाश अधिकारी,एकीकिृत माओवादीका लक्ष्मी शर्मा आकाश,राप्रपाका अध्यक्ष भीमबहादुर बोहरा,राप्रपा नेपालका अध्यक्ष गीता बस्नेत,सद्भावना पार्टीका अध्यक्ष धनेश यादव,कोकोप नेपालका अध्यक्ष कृष्ण परियार,तमलोपाका सचिव अशेश्वर ठाकुर, मधेशी जनाधिकार फोरमका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादव,फोरम लोकतान्त्रिकका कोषाध्यक्ष प्रभुराम गोडिया,नेपाल परिवार दलका अध्यक्ष सुशील लामिछाने,ने क पा संयुतmका अध्यक्ष रामसुरत यादव,खाता समन्वय समितिका अध्यक्ष बलिराम थारु,बर्दिया टाईम्स दैनिकका बालकृष्ण वली,कान्तिपुर दैनिकका कमलकुमार पन्थी,भुमीसुधार अधिकारी नरहरी तिवारी,गैससमहासंघ अध्यक्ष विष्णु तिमल्सिना ,कोकोफ नेपालका अध्यक्ष कृष्ण परियार सदस्य सुकलाल नेपालीलगायतले आ आफनो धारणा राख्नुभएको थियो ।
Comments
Post a Comment